विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको दाबी गरेका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आफूले अन्य पार्टीका कुनै पनि नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धनमा कुनै आश्वासन नदिएको दाबी गरेका हुन्।
केही दिन अघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीको अफर आएको बताएका थिए। तर ओलीले भने कुनै पनि दलका नेतालाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका हुन्।
Facebook Comments Box