Author: admin
काठमाडौं । प्रधानसेनापति पर्शुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनानतर्फ प्रस्थान गरेका छन् । सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा आज लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान गएका हुन् । यस भ्रमणपश्चात प्रधानसेनापति शर्माले असार १३ गते संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
झापा । नेपाली कांग्रेस झापाले समानान्तर समिति गठन गर्दै पार्टीहित विपरित कार्य गर्ने अनधिकृत समिति एवं व्यक्तिले बोलाएको भेला तथा सभामा सहभागी नहुन नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा शुभचिन्तकलाई निर्देशन दिएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले एक विज्ञप्ति जारी गर्दै गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेद्वार र केन्द्रीय निर्देशन अनुसार गठबन्धन दलको भागमा परेका स्थानमा बागी उम्मेद्वारी दिएका उम्मेद्वार, प्रस्तावक र समर्थकको साधारण सदस्यता समेत स्वतः खारेज हुने व्यवस्था सबैमा स्मरण गराएका छन् । नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा–४ को उपधारा १३ (ग) र कांग्रेस केन्द्रीय समितिको बैशाख १६…
झापा । संयुक्त अरब इमिरेट्स (युएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमाला माक्तुम नेपाल भ्रमणका लागि आएका छन्। उनी शनिबार नेपाल आइपुगेका हुन्। काठमाडौं अवतरण गरेसँगै उनी झापा प्रस्थान गरेका छन्। राजकुमारलाई नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले स्वागत गरेका थिए। उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्ने कार्यक्रम छ।
काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले आफूले जितेका पालिकामा तल्लो वर्गलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट बनाउन निर्देशन दिएको छ। पार्टी अर्थ तथा योजना विभागले शुक्रबार साँझ गरेको भर्चुअल बैठकमा विभाग प्रमुख वर्षमान पुन अनन्तले महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिका अध्यक्ष/उपाध्यक्षलाई त्यस्तो निर्देशन दिएका हुन्। संविधानले नेपाललाई समाजवादउन्मुख भनेकाले समाजवादका आधार निर्माण गर्ने गरी बजेट बनाउन उनले निर्देशन दिए। ‘पुँजीवादमा सक्नेले रोजगारी गर्ने, सक्नेले स्वास्थ्य, शिक्षा किन्ने र राम्रो आवास लिने हो’, पुनले भने, ‘तर, समाजवाद भनेको नसक्नेलाई राज्यले हेर्ने हो। यसमा हामी स्पष्ट हुनुपर्छ।’ पुनले तीनवटै सरकारले संविधानको मर्मअनुसार शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य सम्प्रभुताको ग्यारेण्टी गर्ने गरी काम…
काठमाडौं । हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। हाल प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशका पहाडी भू-भगमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिबार दिउँसो : प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक…
काठमाडौं । गत फागुन पहिलो साता मजदुरीका लागि भारतमा रहेका अछामका जगत वलीसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरले गरेको कुराकानीको श्रव्यसामग्री बाहिरियो र ‘भाइरल’ पनि भयो। सो सामग्रीमा मन्त्री आलेले वलीलाई अश्लील शब्द प्रयोग गरेर गालीबेइज्जती गरेका थिए। मन्त्री आलेको लोकप्रियता देखेर तर्सिएकाहरू सुनियोजित रूपमा ‘डबिङ’ आवाज प्रयोग गरेर उनलाई बदनाम गर्न खोजेको दाबी उनको सचिवालयले गरेको थियो। यति गर्दा पनि सत्य ढाकछोप गर्न नसकिने अवस्था आएपछि उनी स्वयं मिडियामा आए। त्यसक्रममा उनले ती युवाले आफूलाई धेरै ‘टर्चर’ गरेका कारण बाध्य भएर गाली गर्न पुगेको बताए। सो सामग्री एक वर्ष पुरानो भएको भन्दै पन्छाउने कोसिस गरियो। घटना सामसुम…
काठमाडौं । युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उपत्यकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले युवतीको प्रयोग गरी ब्ल्याकमेल गर्ने गिरोहलाई समातेको हो । कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीय निकिता केसी, ढुसेनी–३, काभ्रपलाञ्चोककी १८ वर्षीय मनिषा परियार, हलेसी–७, खोटाङका ३२ वर्षीय डिकबहादुर शर्मा, इटहरी–७, सुनसरीका ३० वर्षीय सञ्जिब दर्जी, मेलुङ–५, दोलखाका २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा छन् । एसपी कोइरालाका अनुसार उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट युवतीको प्रयोग गरेर पुरुषहरुलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगेर भेटघाट गर्ने…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार भएको बेला अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई पठाएको पत्रबारे आफूलाई जानकारी नरहेको बताएका छन्। ओली नेतृत्वको सरकारको पालामा तत्कालीन प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्रीले एसपीपी स्वीकार्ने गरी अमेरिकी सरकारलाई पत्र लेखेको भनिए पनि ओलीले यसबारे आफूलाई कुनै जानकारी नभएको जिकिर गरेका हुन्। काठमाडौंमा आयोजित दुई दिने जनप्रतिनिधिको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा यसबारे धेरै प्रक्रिया अघि बढिसकेको बताए। ‘असोज ६ गते तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले रक्षा मन्त्रीको हैसियतमा पत्र लेख्न भन्नुभएको रहेछ। म असोज २४ गते प्रधानमन्त्री भएँ। कात्तिकामा यसलाई अन्तिम रूप दिइएको रहेछ,’ उनले…
काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकाले प्रस्ताव गरेको एसपीपी सम्झौतालाई लिएर नेपालका तर्फबाट हालसम्म भएका सहमति र पत्राचार ७ दिनभित्र समितिमा पठाउन निर्देशन दिएको छ। समितिले आज परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएर छलफल गरेपछि नेपालका तर्फबाट पठाइएका पत्र समितिमा बुझाउन भनेको हो। समितिले एसपीपीमा नेपाल सहभागी नहुने भनेर अमेरिकालाई पत्र पठाउन पनि सरकारलाई निर्देशन दिएको छ। परराष्ट्रमन्त्री खड्काले भने एसपीपीको च्याप्टर क्लोज भइसकेकाले अब यसलाई नखोतल्न आग्रह गरेका छन् । उनले सरकारले एसपीपी सम्झौता नगर्ने भनिसकेपछि यो विषयलाई अब गिजोल्न आवश्यक नरहेको बताए ।
काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको अन्नपूर्ण पोस्ट्लाई प्राप्त अडियोमा प्रस्टै सुन्न सकिन्छ। पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न (आफूले पठाएका व्यक्तिलाई जागिर दिन) अह्राएका थिए। अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए। केहीलाई लगाउने प्रक्रियामा थिए। मन्त्री निरन्तर ताकेतामा मात्र थिएनन्, तुरुन्त राखी दिन धम्क्याउँदै आएका थिए। स्रोत भन्छ– अधिकारीले तलबाट दरबन्दी बनाउन, टिप्पणी आउन बाँकी रहेको कारण देखाएका थिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।