काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकाले प्रस्ताव गरेको एसपीपी सम्झौतालाई लिएर नेपालका तर्फबाट हालसम्म भएका सहमति र पत्राचार ७ दिनभित्र समितिमा पठाउन निर्देशन दिएको छ।
समितिले आज परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएर छलफल गरेपछि नेपालका तर्फबाट पठाइएका पत्र समितिमा बुझाउन भनेको हो। समितिले एसपीपीमा नेपाल सहभागी नहुने भनेर अमेरिकालाई पत्र पठाउन पनि सरकारलाई निर्देशन दिएको छ।
परराष्ट्रमन्त्री खड्काले भने एसपीपीको च्याप्टर क्लोज भइसकेकाले अब यसलाई नखोतल्न आग्रह गरेका छन् । उनले सरकारले एसपीपी सम्झौता नगर्ने भनिसकेपछि यो विषयलाई अब गिजोल्न आवश्यक नरहेको बताए ।
Facebook Comments Box