Author: admin
काठमाडौं। उपेन्द्र यादव नेतृत्वकाे जनता समाजवादी पार्टी र महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीबीच एकीकरणको प्रयास सुरु भएको छ। यादवले आफूनिकटका नेताहरुमार्फत ठाकुरसम्म मिलेर अघि जान प्रस्तावसमेत पठाइसकेका छन्। सरकारमा रहेको जसपाले स्थानीय तहको निर्वााचनबाट अपेक्षित लाभ उठाउन नसकेपछि लोसपासँग पुनः एकीकरणको प्रयास थालेको हो। ट्रयाक-टु ‘बालकोट’ कांग्रेस नेतृत्वको गठबन्धन सरकारबाट आफूहरुलाई खासै लाभ नभएको जसपाको नेष्कर्ष छ। स्थानीय निर्वाचनको परिणामलाई पनि उनीहरुले आफ्नो पक्षमा पाउन सकेनन्। यता ठाकुर पक्षले पनि मधेशका मागहरु पूरा गर्न दबाब दिएपनि प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले कुनै पहल र चासो नदिएको भन्दै रुष्ट देखिएको छ। त्यसैले उनीहरुले नेकपा एमालेसँग हात बढाउन चाहेका छन्। जसका लागि यादव…
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछूत सामाजिक रुपमा अनैतिक, अमानवीय र कानुनी रुपमा गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् । नेपाल ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणाको १६औं वर्ष पूरा भएको अवसरमा उनले शुभकामना सन्देशमार्फत हरेक नागरिकलाई न्याय समानता सहितको मर्यादित जीवनका लागि शुभकामना व्यक्त गरेका छन् । प्रधामन्त्री देउवाले जातीय भेदभाव र छुवाछूतको व्यवहार एक सभ्य समाजको कलङ्कका रुपमा रहेको हुँदा प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुनेगरी जीउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित गर्न कानुन नै बनाएर समातामूलक समाज निर्माणको सार्थक प्रयास हुँदै आएको उल्लेख गरेका छन् । मानव सृष्टि र सभ्यताको विकासक्रमसँगै प्रारम्भ भएको विभेद, विकृति…
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले शपथ लिएको दिनदेखि नै फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमै ध्यान दिएको बताउँदै त्यसका लागि नुवाकोटको सिसडोलका स्थानीयसँग केही दिनको समय मागेका छन् । ‘म आफ्नो जागिर र काम छाडेर जनताको सेवाका लागि मेयर पदमा लडेको हुँ,’ उनले भने, ‘मलाई काम गर्न दिनुस् ।’ आफूले सहज रूपमा काम गर्न पाए एक साताभित्रै सिसडोललाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता उनले व्यक्त गरे। उपमेयर सुनीता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने स्थल सिसडोल पुगेका साहले केमिकल हालेर एक साताभित्रै सो ठाउँलाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। फोहोर विसर्जनस्थलको अनुगमनका क्रममा स्थानीयको गुनासो सुनिसकेपछि उनले…
काठमाडौं । भारतीय प्रहरीले पन्जाबका गायक तथा कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्यारा नेपालमा लुकेर बसेको हुन सक्ने आशंका गरेको छ। सो घटनाको अनुसन्धान गरिरहेको दिल्ली प्रहरीको स्पेसल सेलले मुसेवालाको हत्यारा नेपालमा रहेको हुन सक्ने आशंका गरेको र अनुसन्धान अघि बढाएको भन्दै भारतीय सञ्चार माध्यम इन्डिया टुडेले उल्लेख गरेको छ। सो घटनाको अनुसन्धानका क्रममा भारतीय प्रहरीको टोली नेपालको पूर्वी सीमा नाका हुँदै नेपाल आएको दाबी गरिएको छ । सो विषयमा नेपाल प्रहरीले भने मुख खोलेको छैन । नेपाल प्रहरीका प्रवत्ता एसएसपी विष्णुकुमार केसीले भारतीय प्रहरीको टोली मसेवालाको हत्यारा खोज्न नेपाल आएको बारे जानकारी नभएको बताए। आजको राजधानी दैनिकमा समाचार छ ।
काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पूर्वी बंगलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भइ प्रदेश १ र मधेस प्रदेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मूल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद् भवन पुगेका नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता मुलुकको आवश्यकता भएको पनि बताए । वाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका मूल नेता भन्नेहरू नै एकताको पक्षमा नरहेको उनको गुनासो थियो । खनालले नेताहरूले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने स्पष्ट पारे । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै खनालले बजेटमाथि छलफल भइरहेको बेलामा सांसदहरूको न्यून उपस्थिति हुनु राम्रो नभएको बताए ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताएका छन् । बजेट छलफलमा उठेका प्रश्नको शुक्रबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले १५ औँ आवधिक योजनाले निकालेको निष्कर्ष अनुसार ६९.७ वर्ष आयु रहेको सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरिएको बताएका हुन् । योभन्दा अघि ७० वर्षमा वृद्धभत्ता दिइँदै आएकोमा आगामी आर्थिक वर्षको नयाँ बजेटमा उमेर घटाएर ६८ वर्ष पुर्याइएको छ । अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट सबै सरोकारवाला निकायहरूसँगको छलफल, सुझाव र योजनाका आधारमा बजेट ल्याएको बताए । उनले अर्थशास्त्रीदेखि निजीक्षेत्रको समेत सुझाव समावेश गरेर बजेट ल्याएको दाबी…
काठमाडौं । संसदको बजेट अधिवेशनको शुक्रबारको बैठकमा सांसदहरूले उठाएका सवालहरूको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिने भएका छन्। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको संसद्मा जवाफ दिने कार्यसूची रहेको छ। सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि १७, १८ र १९ गते संसद्मा सांसदहरूले छलफल गरेका थिए। संघीय संसदअन्तर्गत शुक्रबार पनि दुवै सदनका बैठक बस्दैछन्। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ।
काठमाडौं । प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा ‘मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छु’ भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको छ। एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति संकेत गर्दै तत्काल वाम एकता सम्भव छैन, अहङ्कारीले गठबन्धन तोड्न भ्रम मात्र फैलाइरहेका छन्’ भनेका छन् । सुर्खेतमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवादी, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच तालमेल हुने हल्ला मात्रै भएको बताएका हुन् । अहिले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको नेपालको भनाइ थियो। ‘अहंकारी…
काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ को एक वा दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। शुक्रबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन / चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको…