काठमाडौं । संसदको बजेट अधिवेशनको शुक्रबारको बैठकमा सांसदहरूले उठाएका सवालहरूको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिने भएका छन्।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको संसद्मा जवाफ दिने कार्यसूची रहेको छ।
सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि १७, १८ र १९ गते संसद्मा सांसदहरूले छलफल गरेका थिए।
संघीय संसदअन्तर्गत शुक्रबार पनि दुवै सदनका बैठक बस्दैछन्। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ।
Facebook Comments Box