Author: admin

काठमाडौं । सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निशुल्क पाइने भएको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९–८० को बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले ९८ प्रकारका औषधि निःशुल्क पाइने बताएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९–८० को बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।

Read More

सरकारले ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई बृद्ध भत्ता उपलब्ध गराउने भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसअघि ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ता अब ६८ वर्षमै दिने घोषणा गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको दवाबमा बजेटमा यो विषय समावेश गरिएको हो।

Read More

काठमाडौँ । सरकारले आगामी वर्ष थप १० लाख पर्यटक भित्र्याउने गरी बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले थप १० लाख पर्यटक भित्र्याउने गरी आर्थिक वर्ष २०७९/८० मा समग्र पर्यटन क्षेत्रका लागि नौ अर्ब ३८ रुपैयाँ बजेट विनियोजना गरेको बताएका छन्। आइतबार बजेट भाषणका क्रममा उनले नयाँ पुस्तालाई नेपाल भ्रमणमा आकर्षण गर्ने गरी अभियान चलाइने, विविध जनजातिका मुख्य थलोलाई विशेष पर्यटकीय स्थलका रुपमा विकास गरिने बताए। यस्तै निजी क्षेत्रलाई पर्यटन उद्योगमा आर्कषण गराउन विविध कार्यक्रम ल्याउने, साहसिक पर्यटनका लागि हिमाली भेगमा हिलस्टेन निर्माणका लागि ९० करोड बजेट विनियोजन गरेको बताए। उनले हिमाल आरोहणमा जाने पर्यटकलाई सहज होस् भनेर पदमार्ग निर्माण…

Read More

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश र सङ्घको चुनावमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। अध्यक्ष लिङ्देनले प्रदेश र सङ्घको चुनाव सम्मुखमा रहेको उल्लेख गर्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका हुन्। पार्टी स्थापना दिवसको अवसरमा आज आइतवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पालिका तहको चुनाव सकियो भनेर थकाइ मार्ने छुट पार्टीका कुनै पनि नेता कार्यकर्तालाई नरहेको पनि बताए । पालिका चुनावमा आफ्नो पार्टी नयाँ शक्तिको रूपमा उदाएको सन्देश दिन सफल भएको दाबी गर्दै अध्यक्ष लिङदेनले अब प्रदेश र सङ्घको चुनावको परिणामलाई आफ्नो पक्षमा पार्न सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।…

Read More

काठमाडौं । सरकारले आगामी बजेटबाट आधारभूत कृषि उपज आयातलाई घटाउने नीति लिएको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने बताए ।

Read More

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि ५ अर्ब ९० करोड रुपैयाँ बिनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कृषि आधुनिकीकरणका लागि उक्त रकम बिनियोजन गरेको बताए। यसबाहेक सरकारले किसानसँग सरकार कार्यक्रम अन्तर्गत किसानका लागि याेगदानमा आधारित पेनसन कार्यक्रम पनि ल्याउने भएको छ।जसमा लागि किसानले जम्मा गर्ने रकममा १० प्रतिशत सरकारले जम्मा गरिदिने मन्त्री शर्माले बताए।

Read More

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरु गरेका छन्। संघीय संसदको संयुक्त बैठकमा मन्त्री शर्माले करिब १७ खर्बको बजेट पढेर सुनाउन सुरु गरेका हुन्। बजेटमा सरकारले लोकप्रिय विषयहरु समावेश गरेको र सामाजिक सुरक्षाको दायरा पनि बढाउने गरि बजेट ल्याइएको बताइएको छ।

Read More

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्‌ बैठकले संसदमा प्रस्तुत हुने आगामी बजेटलाई स्वीकृत गरेको हो। अर्थमन्त्री शर्माले आज ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठका आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन्। मन्त्रीपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार करिब बजेटमा कर्मचारीको तलब वृद्धि, सामाजिक सुरक्षा भत्ता वृद्धि गर्नेलगायत विषय उल्लेख छ।

Read More

काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडेको सम्पर्कविहीन ताराको जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना रहेको पुष्टि भएको छ । पोखरा विमानस्थलले उपलब्ध गराएको यात्रु विवरणमा १६ नेपाली र ६ विदेशी रहेका छन् । विमान आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको थियो । जहाजमा को-को थिए ? क्याप्टेन • प्रभाकर घिमिरे को-पाइलट • उत्सव पोखरेल एयर होस्टेज • किस्मी थापा यात्रुहरु • इन्द्रबहादुर गोले • पुरुषोत्तम गोले • राजनकुमार गोले • मिक ग्र्याट • वसन्त लामा • गणेशनारायण श्रेष्ठ • रवीना श्रेष्ठ • रस्मी श्रेष्ठ • रोजिना श्रेष्ठ • प्रकाश सुनुवार • मकरबहादुर तामाङ • राममाया…

Read More

काठमाडौं । पोखराबाट १९ यात्रु बोकेर जोमसोम उडेको तारा एयरको जहाज आधाघण्टादेखि सम्पर्कविहीन भएको छ । प्रहरी स्रोतले दिएको जानकारीअनुसार जहाज पोखरा विमानस्थलबाट ९ः५५ मा उडेको थियो भने अवतरण समय १०ः१५ मा थियो । १०ः१० सम्म जहाज घोडेपानी भन्ने स्थानसम्म सम्पर्कमा रहेको प्रहरी स्रोतले जानकारी दियो । विस्तृत जानकारी आउन बाँकी छ।

Read More