Author: admin
बिर्तामोड । सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपले नगदसहित सम्मान गर्ने भएको छ । बिहीबार बसेको झापा गोल्ड कपको बैठकले सो निर्णय गरेको हो । गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार क्लबका खेलाडी तथा अफिसियललाई पुरस्कारस्वरुप जनही ११ हजार रुपैयाँ प्रदान गरिनेछ । जेठ २० गते सम्पन्न ‘सी’ डिभिजन लिगमा झापा फुटबल क्लब च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको थियो । खेलाडीलाई प्रोत्साहन गर्न झापा गोल्ड कपले पुरस्कृत गर्ने निर्णय गरेको महासचिव गजेन्द्रबहादुर पौडेलले बताए । एक विशेष कार्यक्रमको आयोजना गरी क्लबका खेलाडी तथा अफिसियल २८ जनालाई जनही ११ हजार…
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकार कहाँ छ? भन्दै प्रश्न गरेकी छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकको शुन्य समयमा उनले पाठ्यपुस्तकको समस्या, मलको समस्या, महङ्गी नियन्त्रण हुन नसकेको भन्दै सरकार कहाँ छ? भन्दै प्रश्न गरेकी हुन्। उनले नागरिकप्रति सरकार जिम्मेवार र बफादार बन्न नसकेको धारणा राखिन् । नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएको र खेती लगाउने बेला किसानले मल नपाएको उनले बताइन् । उनले नागरिकको ढाड सेके पनि महँगी नियन्त्रणमा सरकारले ध्यान पुर्याउन नसकेको र हत्या, हिंसा र बलात्कारका घटना भए पनि पीडितले न्याय पाउन नसकेको बताइन्।
झापा । झापाको बिर्तामोड नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ बर्षीय डिजेन राजवंशी र फिदिम नगरपालिका-७ का २२ बर्षीय सुजन गुरुङलाई लागूऔषध ब्राउन सुगरसहित बुधवार साँझ ७ बजे पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले १५ ग्राम ब्राउनसगुर, डिजिटल तराजु १ थान र नगद २ लाख ८४ हजार ७५० रुपैयाँसमेत बरामद गरेको छ । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । त्यस्तै इलामको देउमाई नगरपालिका-३ बाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले संसदबाट पारित गरिएको ब्याख्यात्मक घोषणा एमसीसीको अंग बनेको वा नबनेको बारे जानकारी गराउनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बिहिबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत बिभिन्न मन्त्रालयमाथिको छलफलका क्रममा रावलले यस बिषयमा सदनमार्फत जनतालाई जानकारी गराउनुपर्ने बताएका हुन् । १२ बुँदे व्याख्यात्मक घोषणा सम्झौताको अंग भएको पत्र प्राप्त नभएको उनको भनाइ छ । त्यस्तै उनले बजेटमा रहेका बिषयहरुको कार्यान्वयनको आधार नभएको तर्क गरे । रावलले काठमाडौंको फोहोर व्यवस्थापन नगर्दा फोहोर संकटकालको स्थिति उत्पन्न भइसकेको भन्दै फोहोर सफा गरेर देखाउन प्रधानमन्त्रीलाई आग्रह गरे । उनले काठमाडौंको फोहर सफा गर्न नसक्नेले अर्थतन्त्रमा ठूलो चमत्कार गरेर देखाउछौ भनेर जनतालाई भ्रमामा…
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयको सदुपयोग गर्दै सांसदहरूले समसमायिक विषयका गम्भीर सवालहरू उठाएका छन्। उनीहरूले मनसुन सुरु भइसकेकाले विपद्जन्य घटना तथा त्यसबाट उत्पन्न हुने असर न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसदहरूले विगतमा विपद् प्रभावितले अझै पनि राहत नपाएको स्मरण गराउँदै अहिले पनि धेरै क्षेत्रमा बढी पानी पर्ने आंकलन भइसकेकातर्फ ध्यानाकर्षण गराए। सांसद दामोदर भण्डारीले विगतमा सुदूरपश्चिमका पहाडी जिल्लाका भीषण बाढीबाट प्रभावित भएकाहरूलाई उचित व्यवस्थापन र राहत उपलब्ध गराउन माग गरे। अर्का सांसद दीपकप्रकाश भट्टले गतवर्ष महाकालीमा आएको बाढीले त्यसआसपासका धेरै क्षेत्रमा क्षति पुर्याएको भए पनि राहत नपाएको गुनासो गरे। उनले फेरि वर्षा सुरु भइसकेकाले त्यहाँका जनता थप त्रसित…
काठमाडौं । मनसुनको सुरूवातसँगै देशका विभिन्न ठाउँमा बाढी पहिरोको प्रभाव देखिन थालेको छ। यसपाली करिब सातादिन अघि नै मनसुन सुरू भएको हो। देशका धेरै ठाउँमा अहिले पनि वर्षा भइरहेको छ। अघिल्लो वर्ष ठूलै मानवीय र भौतिक क्षति पुर्याएको सिन्धुपाल्चोकको मेलम्ची खोला फेरि उर्लिन थालेको छ। खोलामा बनाइएका अस्थायी पुलहरू पनि भत्किएका छन्। त्यस्तै शुक्रबार बिहानैदेखि नारायणघाट-मुग्लिन सडकखण्डमा पनि पहिरो खसेर यातायात प्रभावित भएको छ। नेपालको पूर्वी भूभागमा मनसुनी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा बिहारमा विकसित पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभावले यहाँ वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उक्त मौसमी प्रणालीको प्रभावका कारण अहिले प्रदेश…
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग पहिलो खेल खेल्दैछ । बुधबारदेखि सुरु भएको श्रृंखलामा ओमान पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ११४ रनले पराजित भएको थियो । पर्लयाण्डस्थित मोसा क्रिकेट स्टेडियममा ओमानले पहिलो खेल खेलिसक्दा नेपाल भने त्यही टिमसँग आफ्नो पहिलो खेल खेल्न लाग्दैछ । खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।
काठमाडौं । आउँदो असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने निर्णयसँगै निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारी अघि बढाएको छ। सरकारले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको मिति असारको दोस्रो सातातिर तोक्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आयोग निर्वाचनको आन्तरिक तयारीमा जुटेको हो। आयोगले अहिले मतदाता नामावली संकलनको गृहकार्यसंगै निर्वाचनसम्बन्धी कार्यविधि, नियमावली परिवर्तन गर्ने, मतदानस्थलको विवरण अध्ययन गर्ने कार्य गरिरहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। कानुनतः निर्वाचनको मिति आयोगसंग परामशमा सरकारले तोक्नेछ। सरकारले बोलाएको बखत निर्वाचनको मिति, एकै चरण वा दुई चरणमा निर्वाचन गर्न विषयमा आयुक्तहरूसँग छलफल गरिरहेका छौं -प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने।
काठमाडौं । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। बिहीबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ , मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेको छ । शुक्रबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेश…
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितातको छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता गराएको छ । युवा संघले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का दिइएको भन्दै अख्तियारमा उजुरी दर्ता गराएको हो । संगठनले इम्बोस्ड नम्बर प्लेटको अनियमिततामा सम्लग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरेको छ । त्यस्तै उनीहरुले इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपीमा नराख्नुको कारण र जनतामाथि इम्बोस्ड नम्बर राख्न दिएको दवावका बिषयमा पनि अख्तियारलाई जानकारी गराएको छ । युवा संघका अध्यक्ष किरण पौडेलले इम्बोस्ड नम्बर प्लेटमा नीतिगत भ्रष्टाचार भएको भन्दै यसमा छानबिन हुनुपर्ने बताए । उनले सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने…