काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले संसदबाट पारित गरिएको ब्याख्यात्मक घोषणा एमसीसीको अंग बनेको वा नबनेको बारे जानकारी गराउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बिहिबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत बिभिन्न मन्त्रालयमाथिको छलफलका क्रममा रावलले यस बिषयमा सदनमार्फत जनतालाई जानकारी गराउनुपर्ने बताएका हुन् ।
१२ बुँदे व्याख्यात्मक घोषणा सम्झौताको अंग भएको पत्र प्राप्त नभएको उनको भनाइ छ । त्यस्तै उनले बजेटमा रहेका बिषयहरुको कार्यान्वयनको आधार नभएको तर्क गरे ।
रावलले काठमाडौंको फोहोर व्यवस्थापन नगर्दा फोहोर संकटकालको स्थिति उत्पन्न भइसकेको भन्दै फोहोर सफा गरेर देखाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।
उनले काठमाडौंको फोहर सफा गर्न नसक्नेले अर्थतन्त्रमा ठूलो चमत्कार गरेर देखाउछौ भनेर जनतालाई भ्रमामा राख्न खोजेको बताए।
Facebook Comments Box