Author: admin
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई धेरै भरोसा गर्दा धोका भएको बताएका छन्। बुधबार काठमाडौंमा पार्टी विद्यार्थी जिल्ला विशेषको सपथ ग्रहण कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनलाई धेरै भरोषा गर्दा धोका भएको र आफ्नै बलमा चूनाव उठेको भए धेरै स्थान बिजयी गर्ने दावी गरे । उनले स्थानीय तहको निर्वाचनबाट पाठ सिक्दै आगामी निर्वाचनका लागि पार्टी पार्टी निर्माण कार्यलाई तीव्रता दिने धारणा पनि राखे । अध्यक्ष नेपालले गठबन्धनको भविष्य छैन भन्नेका पछाडि नलाग्न आग्रह गर्दै कमीकमजोरीको आलोचना गर्ने बताए । त्यस्तै पार्टीका मन्त्रीहरु परिवर्तनमा बिषयमा कोहि पनि असन्तुष्ट नरहेको उनको दावी थियो । उनले मन्त्री परिवर्तन गर्ने…
काठमाडाैँ । संघीय संसदअन्तर्गत आज पनि दुवै सदनको बैठक बस्ने भएकाे छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटबारे मन्त्रालयगत छलफल हुनेछ। त्यस्तै, राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुनेछ।
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानले वर्तमान शेहबाज सरकारले आफूलाई जेल हाल्ने प्रयास गरेको आरोप लगाएका छन् । पीएमएल –एन नेतृत्वको वर्तमान सरकारले निर्वाचन घोषणा नगरेसम्म वातस्तविक स्वतन्त्रताका लागि आफ्नो पार्टी आन्दोलन नरोकिने बताएका छन् । ‘सरकारले मलाई थुन्ने प्रयास गरिरहेको छ, ताकि यो आन्दोलन रोक्न सकियोस्’, इस्लामाबादस्थित आफ्नो बानिगाला निवासमा आफ्नो पार्टीको वकिल मञ्चलाई सम्बोधन गर्दै उनले भने । वर्तमान सरकार विदेशी षड्यन्त्रमार्फत शक्तिमा आएकोसमेत उनले दाबी गरे । ’नक्कली’ फर्स्ट इन्फर्मेशन रिपोर्टमा पक्राउ परेमा आफ्ना समर्थकहरूलाई कुनै पनि परिस्थितिका लागि तयार रहन उनले आग्रह गरे । निर्वाचन घोषणा नहुन्जेलसम्म वास्तविक स्वतन्त्रताका लागि आन्दोलनमा होमिन पनि…
काठमाडौं । देशकै ठुलो तरकारी बजार कालीमाटीमा मङ्गलबार भित्रिएको काउलीमा खान नहुने विषादी भेटिएको छ । मकवानपुरको थाहा नगरपालिका–९ वडाबाट मङ्गलबार बिहान कालीमाटीमा भित्रिएको काउलीको नमुना परीक्षण गर्दा खान नहुने विषादी भेटिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले त्यसलाई नष्ट गरेको हो । कालीमाटी तरकारी बजार परिषद्मा रहेको द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट परीक्षणपछि आएको रिपोर्टका आधारमा ३९ केजी काउली नष्ट गरिएको समितिका निर्देशक विनय श्रेष्ठले जानकारी दिए । तरकारीको नमुना प्रयोगशालाबाट परीक्षण भएर आउँदासम्म विषादी भएको केही परिणामको काउली बजारमा गएको हुनसक्ने श्रेष्ठले स्वीकार गरे । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौँ । देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश नं १, बागमती, गण्डकी प्रदेश र मधेस प्रदेशका केही स्थानमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही…
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को विज्ञ टोलीले सिसडोलको अध्ययन गरेको छ । लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययन डा. रवीन्द्र ढकाल, डा. टिस्टा प्रसाईँ जोशी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञ टिमले गरेको हो । लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरिएको हो । सिसडोलबाट संकलित तीन वटा नमूनाहरुको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिच्चड मिसिएको देखिएको छ । स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदूषणको मात्रा उच्च देखिएको छ । यसबाट सो…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न विभाग प्रमुखमा मनोनयन गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम विभाग प्रमुख मनोनित गरेका हुन्। मनोनित हुनेहरुमा राजनीतिक विभाग प्रमुखमा बुद्धिमान तामाङ, प्रशिक्षण विभाग प्रमुखमा ध्रुवबहादुर प्रधान, संगठन विभाग प्रमुखमा डा. धवलशमशेर राणा, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा भुवन कुमार पाठक र स्वास्थ्य विभाग प्रमुखमा प्रा. डा. रामप्रसाद उप्रेती रहेका पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
काठमाडौं। यातायात व्यवस्था विभागले सबैलाई इम्बोस्ड नम्बर जडान गर्नैपर्ने विषयमा स्पष्टिकरण दिएको छ। विभागले प्रेस विज्ञप्ती जारी गर्दै साउन १ गतेदेखि सबैलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको स्पष्ट पारेको हो। साउन १ गतेबाट सबैलाई अनिवार्य गर्ने भनेको नभई पहिले नै शर्त तोकिएका निकायहरुले इम्बोस्ड जडान गरे कि गरेनन् अनुगमन गर्ने मात्र आफूहरुको उद्येश्य रहेको बताएको छ। सबैलाई अनिवार्य गरिएको नभई पहिले नै बाध्यकारी बनाएको सरकारी निकाय लगायतलाई मात्रै अनुगमन गर्न खोजिएका विभागको भनाइ छ। विज्ञप्तिमा भनिएको छ, ‘सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्बन्धमा यस विभागको मिति २०७९ जेष्ठ २० गते प्रकाशित सूचनाबाट आम सेवाग्राहीमा पर्न गएको दुविधा र…
झापा । सार्वजनिक शौचालयको अभाव खड्किरहेको झापा बिर्तामोड पश्चिम बस स्ट्याण्डमा सीपी पार्टी प्यालेसले सोमबारदेखि सर्वसाधारणका लागि आफ्नै शौचालय प्रयोग गर्न दिन थालेको छ। पश्चिम बस स्ट्याण्डमा बसबाट ओर्लने तथा बसमा यात्रा गर्ने मानिसहरूले शौच गर्न जान निकै कठिनाइ हुने गर्थ्यो। कतिपय मानिसहरू खुल्ला स्थानमा शौच गर्न बाध्य हुन्थे। तर सोमबारदेखि सर्वसाधारणका लागि त्यो कठिनाइ समाप्त भएको छ। पश्चिम बस स्ट्याण्ड दक्षिणमा रहेको उक्त पार्टी प्यालेसले अरुबेला आफूले प्रयोग गर्ने बेला मात्र शौचालयमा लगाएको ताला खोल्ने गरेको थियो। अब भने दिनभर शौचालयको ढोका सर्वसाधारणका लागि खुल्ला राखिएको पार्टी प्यालेसका प्रोपाइटर रितेन खरेलले बताए। झापाको बिर्तामोड क्षेत्रमा सार्वजनिक शौचालयको माग विगतदेखि…
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्षेत्रमा स्थानीयको प्रदर्शनमा गोली चलेको बिषयमा छानविन गरिने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उक्त घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले प्रदर्शनमा प्रहरीले गोली चलाउँदा नविना थारुको मृत्यु भएको र केही घाइते भएको भन्दै उक्त घटनाको छानविन हुने बताए । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका थिए । मन्त्री खाँणले आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएकाले दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाए । घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको उनले जानकारी दिए । सो समितिलाई काम सुरु गरेको…