Author: admin
झापा । भारतको सीमावर्ती बजार पानीट्यांकीमा ट्रेनको ठक्करबाट झापाका एक युवकको मृत्यु भएको छ। ट्रेनको ठक्करबाट परी मेचीनगर नगरपालिका- ६ काँकरभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो। बिहीबार बेलुका ८ बजे भारतबाट नेपाल घर फर्किने क्रममा रेलवे क्रस गर्ने क्रममा उनलाई ट्रेनले ठक्कर दिएको भारतीय प्रहरीले जनाएको छ। विहारबाट सिलगुढीतर्फ गइरहेको ट्रेनको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनाको विषयमा खोरीबारी थाना र रेल्वे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।
बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले एसपीपी सम्झौता राष्ट्रघाती हुने बताएका छन् । उनले एसपीपी बारे झापामा पत्रकारसँग कुरा गर्दै गठबन्धन सरकारले आफूमाथिको दोष एमालेमाथि खन्याउने प्रयास गरेको बताए । असंलग्न परराष्ट्र नीति र अन्तराष्ट्रिय सम्बन्धलाई नै तलमाथि हुने गरी सम्झौता तयारी गरेको गठबन्धन सरकारले राष्ट्रलाई कमजोर बनाउने खेल शुरु गरेको उनको आरोप छ । नेता खरेलले पटक–पटक प्रधानमन्त्री हुँदा राष्ट्रहित विपरित काम गरेका शेरबहादुर देउवा फेरि सोही प्रकारको काममा सक्रिय रहेको बताएका छन् । उनले एसपीपी सम्झौता केपी शर्मा ओलीको पालामा स्वीकृति नभएको स्पष्ट पारेका छन् । ओली नेतृत्वको सरकारले त्यस सम्बन्धमा २०१९…
काठमाडौं । नेकपा एमालेका सांसदहरुको बहिष्कारकाबीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । अर्थमन्त्री शर्माले उक्त प्रस्ताव पेश गर्दा एमाले सांसदहरुले सदन बहिष्कार गरेका थिए। त्यसलगतै प्रस्ताव पेश गर्दै अर्थमन्त्री शर्माले दुईपटक संसदको बिघटन गरेपछि लोकतन्त्रलाई बचाएर वर्तमान सरकार गठन भएको बताए। बैठकले विनियोजन विधेयकमाथि परेको खर्च कटौतीको प्रस्ताव समेत अस्वीकृत भएको थियो ।
काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले सञ्चारक्षेत्र छाडेर पूर्णकालीन राजनीतिमा होमिएको बताउँदै संघीय चुनावमा उठ्ने तयारी थालेका छन्। विहीबार औपचारिक रुपमा ग्यालेक्सी टेलिभिजनसँगको आवद्धता टुंग्याउँदै लामिछानेले राजनीतिमा आएको बताएका छन्। उनले अब आफ्नो आवाजलाई टेलिभिजनको पर्दाबाट संसद्मा पुर्याउन चाहेको बताएका छन्। उनले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘सञ्चार क्षेत्रमा रहेर मैले कसैको ठाँउ लिन खोजिन, बरु आफ्नो अलग्गै ठाँउ बनाउने कोशिस गरेँ। अब म आफ्नो आवाजलाई टेलिभिजनबाट संसद्मा पुर्याउन चाहन्छु।’ आफू रहरले सञ्चारकर्मी भएको तर परिस्थितिले राजनीतिज्ञ बनाएको उल्लेख गरेका छन्। उनले असार सात गते राष्ट्रियसभा गृहमा आफ्नो राजनीतिक यात्राबारे जानकारी गराउने भन्दै सबैलाई उपस्थित हुन अनुरोधसमेत गरेका छन्।…
काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं सांसद ईश्वर पोखरेलले अमेरिकाको स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) एमाले सरकारका पालामा अगाडि बढेको प्रमाण दिन चुनौती दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । यसअघि आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओलीका पालामा सन् २०१९ मा एसपीपी अगाडि बढेको बताएका थिए । यही कुराको प्रतिक्रिया दिँदै सांसद पोखरेलले एमाले सरकारका पालामा अगाडि बढेको प्रमाण पेस गरे जिम्मेवारी लिन तयार रहेको बताए । सांसद पोखरेलले एसपीपी प्रस्ताव पठाउँदा सन् २०१५ मा सुशिल कोइराला प्रधानमन्त्री र २०१७ मा शेरबहादुर देउवा प्रधानमन्त्री रहेको दाबी गरे ।‘त्यतिबेला सकारात्मक ढंगले प्रस्ताव…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्र र स्थानीय तहको गरी दुई तहको सरकारको परिकल्पनासहित प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका राप्रपा नेताहरूले प्रधानमन्त्री देउवालाई बुधबार पार्टीका तर्फबाट प्रदेश सरकार खोरेजीको मागसहितको २२ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा हाल कायम रहेको तीन तहको संरचनाको साटो बीचको संरचनाका रूपमा रहेको प्रदेश संरचना हटाउन माग गरिएको छ । यसैगरी, अभिभावकीय संस्थाका रूपमा राजा राख्ने व्यवस्था गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एसपिपी (स्टेट पार्टनरसीप प्रोगाम) स्वीकार्य नहुने बताएका छन्। उनले एसपिपी स्वीकार्य छैन भन्ने प्रष्ट कुरा अमेरिकालाई बताउनुपर्ने पनि उल्लेख गरेका छन्। ‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ, एसपिपी हामीलाई स्वीकार्य छैन,’ बुधबार ट्वीट गर्दै उनले भनेका छन्, ‘कांग्रेसको धारणा पनि यही हो।’ उनले कांग्रेस पार्टी र कांग्रेस नेतृत्वको सरकारको पनि धारणा एसपिपी अस्वीकार्य भन्ने रहेको बताएका छन्। ‘हामी साझा ढंगले प्रष्ट छौं। समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य,’ उनले भने। यसैबीच कांग्रेसका अर्का महामन्त्री गगन थापाले पनि एसपिपी आवश्यक नरहेको बताएका थिए। उनले संसदमा उभिएर ‘प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै शैलीमा एसपिपी सम्झौता…
काठमाडौं । आज मुलुकका विभिन्न भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन पनि गरिएको छ । ती प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव र खहरे खोलामा बाढीको चेतावनी पनि दिइएको छ । आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेश र गण्डकीका एक…
काठमाडौं । नेपाली सेनाले अमेरिकी सेनासँग स्ट्राटिजिक पार्टनरसिप प्रोग्राम एसपीपी सम्बन्धी कुनै पनि सम्झौता नगरेको स्पष्ट पारेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति निकालेर एसपीपी सम्बन्धी सञ्चार माध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्तो सम्झौता नगरेको स्पष्ट पारेको छ । एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रियासमेत नभएको सेनाको दाबी छ । नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक समझदारी भविश्यमा कोही कसैसँग पनि गर्न नहुनेमा सेना सदैव स्पष्ट रहेको…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष २२ बुँदे ज्ञापनपत्र पेस गरेको छ । आज पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राजनीतिक, समसामयिक र जनजीविकाका विषयहरू समेटिएको माग पत्र बुझाएका हुन् । राप्रपाका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दीपक बोहरा, आन्दोलन परिचालन समितिका संयोजक उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्षहरू, महामन्त्रीहरू लगायतका नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा पुगी ज्ञापनपत्र पेस गरिएको हो । राप्रपाको माग पत्र यस्तो छ :- सम्माननीय प्रधानमन्त्रीज्यू,नेपाल सरकारप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसिंहदरवार, काठमाण्डौ विषय : ज्ञापन पत्र । सम्माननीय प्रधानमन्त्रीज्यू, दश वर्षको सशस्त्र द्घन्द तथा करिव अर्को डेढ दशकको संक्रमणकाल पश्चात पनि आम जनताले सकारात्मक परिवर्तनको अनुभुति…