बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले एसपीपी सम्झौता राष्ट्रघाती हुने बताएका छन् ।
उनले एसपीपी बारे झापामा पत्रकारसँग कुरा गर्दै गठबन्धन सरकारले आफूमाथिको दोष एमालेमाथि खन्याउने प्रयास गरेको बताए ।
असंलग्न परराष्ट्र नीति र अन्तराष्ट्रिय सम्बन्धलाई नै तलमाथि हुने गरी सम्झौता तयारी गरेको गठबन्धन सरकारले राष्ट्रलाई कमजोर बनाउने खेल शुरु गरेको उनको आरोप छ ।
नेता खरेलले पटक–पटक प्रधानमन्त्री हुँदा राष्ट्रहित विपरित काम गरेका शेरबहादुर देउवा फेरि सोही प्रकारको काममा सक्रिय रहेको बताएका छन् । उनले एसपीपी सम्झौता केपी शर्मा ओलीको पालामा स्वीकृति नभएको स्पष्ट पारेका छन् ।
ओली नेतृत्वको सरकारले त्यस सम्बन्धमा २०१९ मा कार्यदल नै बनाएर ‘नो’ भनेको उनले बताए ।
Facebook Comments Box