Author: admin
काठमाडौँ । कतारमा हुने फिफा विश्वकप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ । फिफा विश्व कपको २२औँ संस्करण आयोजनाको जिम्मेवारी पाएको कतारले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । विश्व कप भोलिदेखि सुरु हुँदैछ । १२ वर्षअघि आयोजनाको जिम्मेवारी पाएको कतारले पहिलो पटक विश्व कप खेल्दैछ । यो विश्व कपमा ३२ देश सहभागी हुँदैछन् । कतारले निर्माण गरेका ८ वटा रङ्गशालामा खेल हुनेछन् । फिफाले खेल हुने ८ वटा रङ्गशालामा जाँडरक्सीको बेचविखन नहुने जनाएको छ । तर रङ्गशालाको कर्पोरेट क्षेत्रमा रहनेहरूले जाँडरक्सी किन्न सक्नेछन् । फिफा र आयोजक देश कतारबीच प्रतियोगिता चलिरहँदा रङ्गशाला वरिपरि बियर बेच्ने कि नबेच्ने विषयमा छलफल हुँदै आएको थियो…
काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि मतदानस्थलमा आवश्यक तयारी सुरु गरिएको छ । बिभिन्न स्थानमा तोकिएको मतदानस्थलमा कर्मचारीहरुले आवश्यक तयारी गरेका हुन् । मतदानस्थलको निर्माण तथा आवश्यक सुरक्षा लगाएतका काम तीव्र रुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि खटिएका कर्मचारी निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगेका छन् । आयोगले मतदान केन्द्रमा पुगेका मतदान अधिकृतबाट सर्वपक्षीय बैठक राख्ने, मतदान केन्द्रको क्षेत्र तोक्ने, प्रचारप्रसार गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने लगायतका विषयमा आवश्यक तयारी गर्ने जनाएको छ । मतदान केन्द्र निर्माण गर्दा लैङ्गिक समावेशी, अपाङ्गता मैत्री तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुनेगरी बनाउन…
झापा । आइतबार हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावलाई ध्यानमा राखेर बिहीबार राति १२ बजेदेखि नै नेपाल-भारत सीमानाका बन्द गरिएपछि शुक्रबार विहान नेपाल भारत जोड्ने मेची पुलमा आवतजावत गर्ने सर्वसाधारणको भीड लागेको छ । औषधि उपचार गर्न हिँडेका, तथा आँखाको उपचारका लागि नेपाल आएर भारततर्फ फर्कन लागेका, हवाईजहाज र रेलको टिकट बोकेका, भारतीय सेनामा कार्यरत नेपालीहरुको भीड लागेको हो । चुनावलाई ध्यानमा राखेर नेपाल-भारत सीमानाका बन्द गरिएपछि आवतजावतमासमेत समस्या भएको थियो । मतदान नसकिएसम्म नाकाहरू बन्द हुने गृह मन्त्रालयले जनाएको छ । पूर्वी नाका काँकरभिट्टा नाका भारतको पश्चिम बंगाल राज्यको पानीट्याँकीस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको छ । भारतसँग नेपालको…
काठमाडौं । सरकारले निर्वाचनलाई लक्षित गर्दै शुक्रबारदेखि शैक्षिक संस्थाहरू बन्द गरेकाे छ । शुक्रबारदेखि मंसिर ५ गते सोमबारसम्म शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् । अब मंगलबारदेखि मात्रै देशभरका शैक्षिक संस्थाहरु खुल्ने छन् । गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो । सरकारी कार्यालय तथा सार्वजनिक निकायमा भने मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिइएको छ । प्रतिनिधि र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते हुँदैछ । देशका अधिकांश ठाउँमा विद्यालयमा मतदान केन्द्र राखिएको हुनाले शैक्षिक संस्था आजैदेखि बन्द गर्नु परेको मन्त्रालयले जनाएकाे छ ।
काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । निर्वाचनको तयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन भएको तीन दिन अर्थात् मङ्सिर ७ गते बेलुकासम्ममा प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक गरिसकिने कार्ययोजना बताए । ‘सबै मतपेटिकाहरू सङ्कलन भएको लगत्तैदेखि मतगणना प्रारम्भ हुनेछ’, उनले भने, ‘तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौँ ।’
१ मंसिर, काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरेर उम्मेदवारका सम्पूर्ण सूचना प्रवाह गर्ने गरी चुनाव विशेष पोर्टल मेरो प्रतिनिधि डटकम सञ्चालनमा आएको छ । सूचना प्रविधिमा दखल राख्ने युवाहरुको समूहलले मतदातालाई कसलाई मतदान गर्ने भन्ने दोधारमा रहनु नपरोस् भनेर वेवसाइट सञ्चालनमा ल्याएको हो । अजयकुमार यादवसहितका युवा मिलेर तयार पारेको वेवसाइटमा १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको विवरण छ । उनीहरुका वैक्तिक विवरण पनि वेवसाइटमा उल्लेख गरिएको छ । उम्मेदवार प्रोफाइलको माध्यमबाट प्रतिष्पर्धीहरुबीच तुलना गर्न मिल्ने फिचर पनि वेवसाइटमा छ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार बनेको एक महिनामा सबै नेपाली नागरिकलाई नागरिकता दिने बताएका छन् । गृहजिल्ला झापाको इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको काम राष्ट्रियतालाई खतरामा पार्न खोजिएको बेलामा आएको बताए । उनले भने, ‘प्रचण्ड, शेरबहादुर र माधव नेपालहरुले नागरिकतासम्बन्धी विधेयक संसदमा रोके । अध्यादेशबाट कानुन ल्याएर दिन लाग्दा अदालतमा गएर रोकाएपछि विदेशीका लागि दिनका लागि हतारमा ल्याउन खोजे । तर, राष्ट्रपतिज्यूले रोक्नुभयो ।’ उनले जन्मसिद्धका आधारमा एमाले सरकार बनेको एक महिनामा वंशजको आधारमा नागरिकता दिने बताए । विदेशीलाई नागरिकता दिएर गठबन्धनको सपना पूरा गर्न नदिने बताए ।
काठमाडौं। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आज राति १२ बजेपछि कुनै उम्मेदवारले निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए २५ हजार रुपैयाँ जरिवाना तिराउने बताए। आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको कार्य पूरा नभएसम्म प्रचार प्रसार गर्न नपाइने बताए। निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले कसैले पनि मतदान हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतगणनाको कार्य पुरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न जुलुस निकाल्न वा नाराबाजी गर्न वा अन्य कुनैपनि प्रकारले प्रचारप्रसार गर्न…
निर्वाचन आयोगले बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराख्न उम्मेदवारहरूको ध्यानाकर्षण गराएको छ। बुथ कब्जा लोकतान्त्रिक मान्यता विपरीत भएकाले त्यस्तो सोच नराख्न आयोगले उम्मेदवारहरूको ध्यानाकर्षण गरेको छ। बिहीवार पत्रकार सम्मेलनमार्फत आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बुथ कब्जालाई निष्प्रभावी बनाउने ढंगले सुरक्षा प्रबन्ध गरिएको बताए। ‘बुथ कब्जा गरेर चुनाव जित्न खोज्नेले मुलुकको हितमा काम गर्दैन। यो काम लोकतान्त्रिक मान्यता विपरीत पनि छ। कुनै पनि उम्मेदवारले बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराखे हुन्छ,’ थपलियाले भने। बुथ कब्जाको प्रयास कहीँ कतै भएमा तुरून्तै स्थानीय निर्वाचन अधिकृतको कार्यालयमा सूचना दिन आयोगले मतदातालाई पनि आग्रह गरेको छ।
विर्तामोड। बुधवार साँझ एमाले नेता एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र झापा क्षेत्र नं ३ का सत्ता गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएको तस्बिर सार्वजनिक भयो।। यी तस्बिर अन्य समयमा भएको भए सायद कसैको ध्यान त्यति धेरै तानिने थिएन। तर आम निर्वाचनका लागि प्रचार प्रसारको एक दिन मात्र बाँकी रहँदा सार्वजनिक भएका केही थान तस्बिरले झापा क्षेत्र नं ३ को चुनावी परिणाममा हलचल ल्याउने भनेर चर्चा गरिँदैछ। हुन पनि क्षेत्र नं ३ बाट एमालेको उम्मेदवार भनेर आफूलाई प्रचार गर्दै आएका प्रसाईँले टिकट पाएनन्। उक्त क्षेत्रमा एमालेले राप्रपाका राजेन्द्र लिङदेनलाई सघाउने निर्णय गर्यो। सोही कारण प्रसाईँ रुष्ट रहेको र लिङ्देनलाई हराउन…