काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार बनेको एक महिनामा सबै नेपाली नागरिकलाई नागरिकता दिने बताएका छन् ।
गृहजिल्ला झापाको इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको काम राष्ट्रियतालाई खतरामा पार्न खोजिएको बेलामा आएको बताए ।
उनले भने, ‘प्रचण्ड, शेरबहादुर र माधव नेपालहरुले नागरिकतासम्बन्धी विधेयक संसदमा रोके । अध्यादेशबाट कानुन ल्याएर दिन लाग्दा अदालतमा गएर रोकाएपछि विदेशीका लागि दिनका लागि हतारमा ल्याउन खोजे । तर, राष्ट्रपतिज्यूले रोक्नुभयो ।’
उनले जन्मसिद्धका आधारमा एमाले सरकार बनेको एक महिनामा वंशजको आधारमा नागरिकता दिने बताए । विदेशीलाई नागरिकता दिएर गठबन्धनको सपना पूरा गर्न नदिने बताए ।
Facebook Comments Box