Author: admin

काठमाडौं । नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण चित्त नबुझेपछि एमालेले यस बिषयमा संसदीय समिति गठनको माग गरेको हो । बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मामाथि छानबिन समितिको माग गर्दै संसदीय समिति गठन नभएसम्म संसद् चल्न नसक्ने बताए । विभिन्न व्यापारिक घरानालाई फाइदा हुने गरी करको दर हेरफेर भएको आरोप उनले लगाए । उनले कर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गर्नु राष्ट्रघात र ठूलो वित्तीय अपराध भएको जिकिर गरे । त्यसअघि बैठकमा अर्थमन्त्री शर्माले बजेट तथा आर्थिक…

Read More

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका सम्बन्धमा कुनै पनि अनाधिकृत व्यक्तिको प्रवेश नभएको दाबी गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री शर्माले भने,’ बजेट निर्माणमा कुनै पनि अनाधिकृत व्यक्तिको संलग्नता छैन, यो सबै झुटो र भ्रामक हो।’ मन्त्री शर्माको जवाफमा प्रमुख प्रतिपक्षी एमालेले भने आपत्ति जनाउँदै सत्य तथ्य पत्ता लगाउन संसदीय छानवीन समिति गठनको माग गरेको छ। अर्थमन्त्रीको जवाफपछि विरोध जनाएको एमालेले १४ गते रातिको सीसीटिभि फुटेज ल्याएर हेर्न समेत माग गरेको छ। आफूहरुको माग पूरा नभए संसद चल्न नदिने एमालेको अडान छ। एमालेको अवरोधका कारण संसद बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

Read More

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीको जवाफ सुन्न अस्वीकार गरेको छ। प्रतिनिधि सभामा जारी बजेट माथिको छलफलमा आज अर्थमन्त्री जनार्दन शर्मा सहित अन्य मन्त्रीले जवाफ दिने कार्यसूची छ। तर नेकपा एमालेले अर्थ मन्त्रालय बाहिरका व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले बजेटमा राजश्वको दरहरु परिवर्तन गरेको विषयमा स्पष्टीकरण नआएसम्म अर्थमन्त्रीको जवाफ नसुन्ने बताएको हो ।

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय आलोकनगरमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक अवस्था, स्थानीय चुनावको समीक्षासहित आगामी संघीय निर्वाचनमा पार्टीको रणनीतिका सम्बन्धमा छलफल हुने पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।  यसअघि बसेको पार्टीको सचिवालय बैठकले स्थानीय तह निर्वाचनको लागि गम्भीर ढङ्गले समीक्षा गर्न सबै प्रदेशमा १–१ जना सचिवालयका सदस्यहरूलाई खटाउने निर्णय गरेको थियो । समाजवादीले गठबन्धनबाट आफूहरुलाई धोका भएको बताउँदै आएको छ । 

Read More

दाङ । महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ परेकी छिन् । तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा रहेको एकराज बस्नेतको घरमा पुगेर वलीले बस्नेतको श्रीमती र छोरीलाई कुटपिट गरेको आरोप लागेको छ । स्थानीय बासिन्दाले ओलीले कुटपिट गरेको खबर गरेपछि प्रहरीले उनलाई पक्रेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ओली बिहान लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुगेकी थिइन्।

Read More

काठमाडौं । सरकारले भोलि असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको छ। आइतबारको सार्वजनिक विदा खारेज भएसँगै गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको हो।  जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठककले हाल परीक्षणको रुपमा लागू गरिएको हप्तामा दुई शनिबार र आईतबार सार्वजनिक विदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो।  आइतबारको विदा खारेजीपछि गृह मन्त्रालयले नयाँ कार्यालय समय निर्धारण गरेको हो। जस अनुसार नेपाल राज्यभरका सवै सरकारी कार्यालयहरुमा आतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म…

Read More

काठमाडौँ । मंगलबार प्रदेश १ र मधेस प्रदेशमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार बिहान गण्डकी, बागमती, मधेश र प्रदेश १ का धेरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश नं १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । प्रदेश १ र मधेसका एक–दुई स्थानमा भारी वर्षाको संभावना रहको महाशाखाले जनाएको छ। त्यस्तै, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। हाल देशका…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीका सात बैंकसहित ३३ निकायका शोचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न स्वीकृत दिने तयारी गरेको छ। कामपाले सार्वजनिक शौचालयको प्रयोग गर्न दिन इच्छुक होटल, रेस्टुराँ, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यावसायी, गैरसरकारी संघसंस्थाको शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न दिन सूचना जारी गरेको थियो। सूचना जारी गरेको एक सातामा ७ बैक, २० रेस्टुरेन्टसहित ३३ निकायले अनुमतिका लागि निवेदन दिएका छन्। कामपा सार्वजनिक निजी साझेदारी इकाइ पीपीपी गएको आइतबार सूचना जारी गरेको थियो। पीपीपी प्रमुख एवं निर्देशक नुरनिधि न्यौपानेले सूचना जारीभएको एक साताको अवधिमा ७ वटा बैंकले स्वीकृति लिन निवेदन दिएको जानकारी दिए। तीमध्ये नबिल…

Read More

झापा । झापाको गौरादहमा ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका- १ निवासी रामप्रसाद अधिकारीका ९ वर्षीय छोरा गौरव अधिकारी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । गौरादह- १ को सडक खण्डमा सोमबार साँझ  ५ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नम्बरको ट्रयाक्टरले बालक अधिकारीलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी घाइते भएका बालकलाई तत्काल उपचार लागि दमक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । यता ट्रयाक्टर र चालक कमल गाउँपालिका-१ निवासी २६ वर्षीय विनोद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Read More

काठमाडौं । नेकपा एमालेको जारी सचिवालय बैठकमा पार्टीको निर्वाचन विभागले प्रतिवेदन पेस गरेको छ। स्थानीय तह निर्वाचन २०७९ को समीक्षा प्रतिवेदनमा चुनावमा अन्तर्घात देखिएको तथा टिकट वितरणमा समस्या आउँदा अपेक्षित नतिजा नआएको औंल्याइएको छ। गठबन्धन तथा पार्टी विभाजन लगायतको प्रतिकुलतमा समेत प्राप्त परिणाम राम्रो पक्ष रहेको तर अन्तर्घात विगतको तुलनामा बढेको निष्कर्ष निकालिएको छ। निर्वाचनमा भएका सकारात्मक र नकारात्मक पक्ष औंल्याउने क्रममा चुनावमा घात-अन्तर्घात देखिएको, टिकट नपाउँदा अन्तर्घात गर्ने प्रवृत्ति देखिएको प्रतिवेदनमा उल्लेख छ । २३ पेजको प्रतिवेदनमा चुनाव हार्नुको अर्को कारण सरकार पक्षबाट भएको धाँधलीलाई लिइएको छ। यी सबै पहिले नै आंकलन गरेर पनि राम्रो परिणाम आउने आंकलन…

Read More