Author: admin
काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती देशका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई मान्न नसकिने बताएका छन् । शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा उनले बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएकाले संसदीय समितिको प्रतिवेदन मान्न नसकिने बताए । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित ११ सदस्यीय संसदीय टोलीमा एमालेका ४ जना र बाँकी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरु थिए । ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुने गरी संसदीय समिति बनाइएको आरोप लगाए । सरकारले गम्भीर गल्ती गर्दा पनि त्यसको प्रभावकारी छानबिन हुन नसकेको भन्दै…
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई दोश्रो पार्टी बनाउन कांग्रेसले सहयोग नगरे तालमेल सहज हुन नसक्ने चेतावनी दिएका छन्। शनिबार काठमाडौंमा पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादीलाई कांग्रेसले दोश्रो बनाउन सहयोग गरेमात्र तालमेल सहज हुने र त्यस्तो हुन नसके तालमेल सहज हुन नसक्ने कांग्रेसलाई चेतावनी दिएका हुन् । आफूले कांग्रेसका नेताहरुसंग कुरा गर्दा आगामी निर्वाचनमा माओवादीलाई दोश्रो बनाउनका लागि नेतृत्व तहमा समझदारी बनेको र स्थानीय तह जस्तो नहुने उनको भनाइ छ । प्रचण्डले आगामी निर्वाचन आफ्नो अन्तिम इनिङ्ग्स हुन सक्ने भन्दै पछि सम्मको सन्ततिलाई सम्झने गरि देशलाई…
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राख्नुपर्ने बताएका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई फेसबुकमार्फत जन्मदिनको शुभकामना दिँदै मिश्रले संकटका बेलामा सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर खोपामा भए पनि राजसंस्था राख्नुपर्ने बताएका हुन् । मिश्रले हृदयन्द्र शाहलाई एकदिन राजाको रुपमा देख्न चाहेको पनि सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले उपभोक्ता मारमा परेका भए पनि सरकारले प्राप्त गरेको राजस्व भने बढेको छ पेट्रोलियम पदार्थको मूल्यका आधारमा लिइने विभिन्न कर, महसुल र शुल्क लिने भएकाले सरकारको राजस्व सङ्कलन बढेको हो । आव २०७८/७९ मा सरकारले पेट्रोलियम पदार्थको आयातबाट एक खर्ब २० अर्ब छ करोड रुपियाँ राजस्व प्राप्त गरेको छ । यो अहिलेसम्मकै धेरै हो । यो आर्थिक वर्ष नेपाल आयाल निगमले तीन खर्ब १० अर्ब रुपियाँ बराबरको ३१ लाख ८९ हजार ७१६ किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण अघिल्लो वर्षको तुलनामा दोब्बर रकमको पेट्रोलियम पदार्थ…
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । आज पनि देशैभर मौसम बदली भएको छ । प्रदेश १, बागमती, लुम्बिनी प्रदेशका केही ठाउँ र अन्य प्रदेशका थोरै ठाउँमा पानी परेको छ । दिउँसो भने प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । राति देशभर विभिन्न ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुने र प्रदेश १ र मधेशका एक/दुई ठाउँमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ । आज देशका धेरै ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले…
काठमाडौं। बजेटमा अनधिकृत व्यक्ति प्रवेशको विषयलाई लिएर गठन भएको संसदीय छानबिन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्ति संलग्न नभएको निष्कर्ष निकालेको छ। समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष उल्लेख गरिएको छ। ‘समितिले अर्थ मन्त्रालयका पदाधिकारीहरूसँग गरेका छलफल, अर्थ मन्त्रालयबाट प्राप्त गरेका जवाफ र कागजात, प्राप्त गरेका सिसिटिभी फुटेजको अध्ययनलगायत हालसम्म समितिले गरेका छानबिन र संकलन गरेका प्रमाणका आधारमा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन,’ प्रतिवेदनको निष्कर्षमा भनिएको छ,‘सो नदेखिएपछि करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रभावको प्रसंग सान्दर्भिक रहेन।’ समितिले तयार पारेको उक्त प्रतिवेदन शुक्रबारको संसद बैठकमा पेश गरिएको छ।
बिराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले मङ्सीरमा निर्वाचनमा गर्ने प्रतिवद्धता जनाए अनुसार अविलम्व चुनावको मिति घोषणा गर्नुपर्ने बताएका छन्। विराटनगरमा आयोजित १ नम्बर प्रदेशस्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रमस्थलमा सञ्चारकर्मीहरुसँग कुरागर्दै उनले संघीय संसद र प्रदेश सभा सदस्य पदकालागि मङ्सीरमा निर्वाचन गर्ने हो भने आज वा भोलि नै मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराए । अध्यक्ष लिङ्देनले निश्पक्ष, स्वतन्त्र र धांधलीरहित निर्वाचन गर्नका लागि मितिको घोषणासँगै चुनावी सरकार गठन हुनुपर्नेमा जोड दिए । उनले विगतको निर्वाचनमा सत्ताको दुरुपयोग र निश्पक्षतामा कमि देखिएकोले चुनावी सरकार गठनका लागि सबैदलहरुको ध्यानाकर्षण गराए ।
काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्काले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने जानकारी अमेरिकी सरकारलाई पठाइसकिएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा मन्त्री खड्काले एसपीपीमा सहभागी नहुने नेपाल सरकारको निर्णयसहितको जानकारी कुटनीतिक माध्यमबाट अमेरिकी सरकारलाई लिखित रुपमा जानकारी गराइएको बताएका हुन् । साउन ९ गते कुटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अगाडि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकालाई गराइएको उनको भनाइ छ । वर्तमान गठबन्धन सरकारले संवैधानिक व्यवस्था, संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता र पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुनअनुसार विशेष आन्तरिक नीति सञ्चालन गर्दै आएको र त्यसका लागि सरकार सक्षम रहेको मन्त्री खड्काले बताए । उनले राष्ट्रको हितलाई ध्यानमा राखेर सरकारले…
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले वीमा वापतको ठूलो रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ । व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको सवारी दुर्घटना गराएर हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको हो । पक्राउ परेका बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटालाई प्रहरीले सार्वजनिक पनि गरेको छ । उनीहरुले २०७८ बैशाख २ गते बाँकेको…