बिराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले मङ्सीरमा निर्वाचनमा गर्ने प्रतिवद्धता जनाए अनुसार अविलम्व चुनावको मिति घोषणा गर्नुपर्ने बताएका छन्।
विराटनगरमा आयोजित १ नम्बर प्रदेशस्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रमस्थलमा सञ्चारकर्मीहरुसँग कुरागर्दै उनले संघीय संसद र प्रदेश सभा सदस्य पदकालागि मङ्सीरमा निर्वाचन गर्ने हो भने आज वा भोलि नै मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराए ।
अध्यक्ष लिङ्देनले निश्पक्ष, स्वतन्त्र र धांधलीरहित निर्वाचन गर्नका लागि मितिको घोषणासँगै चुनावी सरकार गठन हुनुपर्नेमा जोड दिए ।
उनले विगतको निर्वाचनमा सत्ताको दुरुपयोग र निश्पक्षतामा कमि देखिएकोले चुनावी सरकार गठनका लागि सबैदलहरुको ध्यानाकर्षण गराए ।
Facebook Comments Box