काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राख्नुपर्ने बताएका छन्।
पूर्व राजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई फेसबुकमार्फत जन्मदिनको शुभकामना दिँदै मिश्रले संकटका बेलामा सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर खोपामा भए पनि राजसंस्था राख्नुपर्ने बताएका हुन् ।
मिश्रले हृदयन्द्र शाहलाई एकदिन राजाको रुपमा देख्न चाहेको पनि सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
Facebook Comments Box