पोखरा । गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दाबी पेश गरेका छन्।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएसँगै प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको हो।
प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दिएको २४ घण्टे समयावधि दिएपछि काँग्रेस संसदीय दलका नेता नेपालीले मुख्यमन्त्रीको दावी पेश गरेका हुन्।
नेपालीसहितको ३१ जना सांसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले शुक्रबार दावी पेश गरेका छन्।
नेपालीलाई सहयोग गर्न स्वतन्त्र सांसद दीपक मनाङे पनि प्रदेश प्रमुख कार्यालयमा गएका हुन्।
नेपालीसँग कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदहरू पनि छन्।






Facebook Comments Box