गण्डकी र सुदूरपश्चिम प्रदेशका लागि नवनियुक्त प्रमुखहरूले शपथ लिएका छन् ।
सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा एक समारोहका बीच उनीहरुले शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जानकारी दिएका छन् ।
संविधानको धारा १६७ बमोजिम राष्ट्रपति विद्यादेवि भण्डारीबाट उनीहरुले प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथ लिएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिला पन्तलाई पदमुक्त सिफारिस गरेको थियो । उक्त सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले दुवैलाई पदमुक्त गरेकी थिइन् ।
Facebook Comments Box