काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशको मन्त्रिमण्डल विस्तार गरेका छन्।
अविश्वासको प्रस्ताव झेलिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गरेका हुन्।
मनाङ (ख) बाट निर्वाचित दीपक मनाङे भनेर चिनिने स्वतन्त्र प्रदेश सांसद राजीव गुरुङलाई मुख्यमन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका छन्।
२०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवारी दिए पनि तत्कालीन एमालेको समर्थनमा उनले निर्वाचन जितका हुन्।
Facebook Comments Box