पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही हराएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ ।
सांसद शाही सम्पर्कविहीन भएको भनी जनमोर्चाले नै पत्र बुझाएपछि सूचना टाँसेर स्थगित गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी जितेन्द्र जंग केसीले जानकारी दिए ।
प्रदेशसभाका आज विपक्षी दलहरुले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्विरुद्ध दर्ता गराएको अविश्वास प्रस्तावमाथिको छलफलपछि मतदान हुने कार्यसूची थियो ।
Facebook Comments Box