पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।
प्रस्तावका प्रस्तावक समेत रहेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गुरुङविरुद्ध अविश्वास प्रस्ताव सदनमा प्रस्ताव टेबुल गरेका हुन् ।
प्रस्ताव पेश गर्दै पोखरेलले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गण्डकी सरकारले पनि समर्थन गरेको आरोप लगाएका छन् ।
‘संविधान उल्लघंन गर्ने प्रधानमन्त्रीको मतियार गण्डकी प्रदेश सरकार बन्यो । यो गण्डकीका जनताको भावना विपरीत छ । त्यसैले हामीले अविश्वास प्रस्ताव ल्याएका हौं’, उनले भने ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका गरी २८ सांसदले मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्।
मुख्यमन्त्री गुरुङविरुद्ध वैशाख २ गते प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो ।