पोखरा । गण्डकी प्रदेश सभाको विशेष संसद् अधिवेशन सोमवारबाट शुरु हुँदैछ ।
प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने आशंकामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैशाख १ गते अधिवेशन अन्त्य गरेका थिए।
प्रदेश प्रमुख अमिक शेरचनले सोमबारबाट अधिवेशन आह्वान गरेका छन् ।
आजबाट शुरु हुने अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल गर्ने कार्यसूची छ ।
आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार सोमबार प्रस्तावित कांग्रेस मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बोल्नेछन् ।
प्रदेशसभा सचिवालयकाअनुसार अविश्वासको प्रस्तावमाथि छलफल सकिएपछि बल्ल मतदान हुनेछ ।
Facebook Comments Box