काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् ।
शुक्रबारको प्रदेश सभा बैठकमा उनको प्रस्तावमा मतदान भएको हो । शुक्रबार उपस्थित ३७ सांसद मध्य शाहीको प्रस्तावको पक्षमा २२ मत र विपक्षमा १५ मत परेको सभामुख राजबहादुर शाहीले सदनलाई जानकारी दिए ।
माधव नेपाल समूहका चार जनाले फ्लोर क्रस गर्दा मुख्यमन्त्रीले विश्वासको मत लिन सफल भएका हुन् ।
माधव नेपाल पक्षका पूर्वमन्त्री प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बूढाले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
Facebook Comments Box