कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् ।
अहिले २ बजे बस्ने प्रदेशसभा बैठकमा शाहीले बिश्वासकाे मत लिने कार्यसूची राखिएकाे छ ।
४० सदस्यीय कर्णालीमा अहिले ३९ सांसद मात्र छन् ।
जसमा एमालेकाे सभामुखसहित २०, माओवादीकाे १२, कांग्रेस ६ र राप्रपा १ छन् ।
विश्वास जित्न शाहीलाई २० मत आवश्यक पर्छ । माओवादी अलावा कांग्रेस र राप्रपाले समर्थन गरेपनि २० मत पुग्ने अवस्था देखिँदैन । यस्ताेमा एमालेभित्रकाे नेपाल समूहका सांसदले उनलाई समर्थन गर्ने नगर्ने भन्ने कुराले नै उनी पदमुक्त हुने नहुने कुरा निर्धारण गर्नेछ ।
Facebook Comments Box