काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानहरुलाई लक्षित गरेर मेरो कित्ता कार्यक्रम ल्याउने बताएका छन् ।
नयाँ वर्षका अवसरमा जनताका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले बुधवार दिउँसो उक्त कार्यक्रमको शुभारम्भ गर्ने बताए ।
‘हामी नयाँ वर्षमा, नयाँ नयाँ कामको थालनी गर्दैछाै । मेरो कित्ता भन्ने कार्यक्रम, जुन किसानका लागि आफ्नो धनीपूर्जा, आफ्नो कित्ता आफू बसेकै ठाउँबाट एप्सबाटै हेर्न मिल्ने कार्यक्रमको केही घण्टामै उद्घाटन गर्दैछाैं, प्रधानमन्त्री ओलीले भने ।
पछिल्लो समय सबै क्षेत्र डिजिटल प्रविधिमा जाने क्रम बढेबो भन्दै किसानलाई पनि यसमा जोड्ने सरकारको प्रयास रहेको बताए ।
Facebook Comments Box