जनकपुर । नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका चार जना सांसदको पद खुस्किने भएको छ।
माओवादी केन्द्रले प्रदेश २ का आफ्ना चारजना प्रदेश सभा सदस्यलाई बर्खास्त गर्न सिफारिस गरिसकेको छ ।
माओवादी केन्द्र पार्टी परित्याग गरेर नेकपा एमालेतिर लागेपछि उनीहरूले दल त्याग गरेको सूचना प्रदेश सभा सचिवालयमा पठाएको छ ।
नेकपा एमालेमा लागेको भन्दै पार्टीले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई बर्खास्त गर्न सिफारिस गरिएको हो ।
बर्खास्त सिफारिसको पत्र प्रदेश सभा सचिवालयमा आइतबार नै माओवादी केन्द्रले बुझाएको हो ।
Facebook Comments Box