पोखरा । गण्डकी प्रदेशका दुई जना मन्त्रीहरूले राजीनामा दिएका छन्।
माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका हुन्। आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले राजीनामा दिए।
उनीहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका छन्।
बुधबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो। तर, माओवादीले प्रदेश सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने जनाएको छ।
प्रदेशसभाको आजैदेखि हिउँदे अधिवेशन पनि सुरु हुँदैछ।
Facebook Comments Box