काठमाडाैं । कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् ।
नेकपा एमालेबाट मन्त्री बनेका आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका ह्ुन् ।
एमालेको एकल सरकार उनीहरुले राजीनामा दिएको बताइएको छ । तीन जनाले राजीनामा दिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली सरकार धरापमा परेको छ ।
कर्णाली प्रदेश सभामा ४० सांसदमध्ये एमालेका २० जना छन् । माओवादी केन्द्रले १३ सांसदमध्ये एमाले प्रवेश गरेको भन्दै धर्मराज रेग्मीलाई सांसद पदबाट मुक्त गरेको छ । हाल कर्णाली प्रदेशमा ३९ सांसद छन् । कांग्रेसका ६ र राप्रपाका एकजना सांसद छन् ।
Facebook Comments Box