बिराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठक चैत २३ गतेका लागि बोलाएका छन् ।
यसअघि पटक-पटक सूचना टाँसेर स्थगित गरिँदै आएको प्रदेशसभा बैठक चैत २३ गते दिउँसो २ बजेका लागि बोलाइएको हो ।
मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव उक्त बैठकमा टुंगो लगाइने भएको छ ।
मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा टेबल भइसकेको छ । अब उक्त प्रस्ताव प्रक्रियागत रुपमा विफल बनाउने राईको योजना छ ।
चैत १२ गते तत्कालीन नेकपा दाहाल–नेपाल पक्षका ३७ जना प्रदेशसभा सदस्यले राईविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
अविश्वास प्रस्ताव दर्ता भएपछि अल्पमतमा परेका मुख्यमन्त्री राई सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै मजबुत भएका हुन् ।
Facebook Comments Box