विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको मन्त्रिपरिषद बिस्तार गरेका छन्।
मुख्यमन्त्री राईले नेकपा माओबादी छाडेर एमालेमा आएका ताप्लेजुङका टङ्क आङ्बोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त गरेका छन् ।
सामाजिक विकास मन्त्रीमा खोटाङकी उषाकला राईलाई नियुक्त गरिएको छ । उनी पूर्व कानूनमन्त्री शेरबहादुर तामाङकी पत्नी समेत हुन् ।
उनी नेकपा एमालेको माधव नेपाल समूह छाडेर ओली समूहमा आएकी हुन् । यस अघि सो पदमा माधव नेपाल समूहका जीवन घिमिरे थिए ।
हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार मन्त्री र इलामका राम राना कृषि मन्त्रीमा बढुवा भएका छन् ।
उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त भएका छन् ।
झापाका हिक्मत कार्की आन्तरिक मामिला तथा कानून मन्त्रीमा कायम छन् भने जगदीश कुशियत उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रीमा कायम रहेका छन् ।