काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने अपराधी छिट्टै पक्राउ पर्ने आश्वासन दिएका छन्।
मंगलबार नेपाल विद्यार्थी संघले बलात्कारमा संलग्नलाई कारवाही गर्न माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै थापाले अपराधमा संलग्नलाई छिट्टै कारवाही गर्ने बताए ।
गृहमन्त्री थापाले भट्टको केश निर्मला पन्तको जस्तो जटिल नभएको र सुरक्षा संयन्त्र लागि परेकोले दोषी पत्ता लाग्ने आश्वासन दिएका हुन्।
उनले युवा विद्यार्थी, नागरिक समाज सबैको सहयोगको सरकारले अपेक्षा गरेको बताए।
माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घरनजिकैको लबलेक जंगलमा विभत्स र निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन्।
Facebook Comments Box