इराक । इराकमा रक्सीको उत्पादन, आयात तथा बिक्रीमा प्रतिबन्ध लाग्ने भएको छ । इराकको संसदले रक्सीको उत्पादन, आयात तथा बिक्रीमा प्रतिबन्ध लगाउने पक्षमा मत दिएको हो ।
रक्सीको उत्पादन र बिक्री इस्लाम तथा संविधान विपरित रहेको प्रतिबन्ध लगाउने पक्षका अभियन्ताले बताएका छन् । तर प्रतिबन्धको विपक्षमा रहेकाहरुले भने संसदको निर्णय संविधानले ग्यारेन्टि गरेको स्वतन्त्रताको विरुद्ध रहेको बताएका छन् ।
उनीहरुले संसदको निणर्य विरुद्ध अदालतमा अपिल गर्ने बताएका छन् । इराकका होटल तथा रेस्टुरेन्टमा सामान्य रुपमा रक्सी पाइँदैन । तर साना पसल तथा बारमा रक्सीको बिक्री वितरण हुने गरेको छ ।
Facebook Comments Box