बिर्तामोड । झापाको मेचीनगर नगरपालिका दुहागढीमा रहेको सामुदायिक विद्यालय बालसुबोधिनी माध्यमिक विद्यालयले शुक्रबार भूकम्प आएका बेला घरमा वा विद्यालयमा कसरी सुरक्षित बस्ने भनेर विद्यार्थीलाई अभ्यास गराएको छ।
तर यस्ता अभ्यास प्रायः विद्यालयले गराएको पाइँदैन।
भूकम्प सुरक्षा दिवसको अवसरमा बालसुबोधिनी मा.बि.मा बाल क्लब र जुनियर रेडक्रस सर्कलको संयुक्त आयोजनामा भएको भूकम्प सम्बन्धी सचेतना कार्यक्रममा विद्यार्थीहरू सहभागी भएका प्रधानाध्यापक विश्व थापाले जानकारी दिए।
भूकम्पबाट जोगिन विद्यालय र घर भित्र रहँदा अपनाइने प्रभावकारी उपाय डक, कभर, होल्डको विद्यार्थीले सामुहिक अभ्यास गरेका थिए।



Facebook Comments Box