काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावलाई संसदको बहुमतबाट पास गराउन माग गर्दै डाक्टर केसी र उनका समर्थकले शनिबार काठमाडौंमा र्याली निकालेका छन् ।
‘अलबिदा लोकमान, अख्तियारलाई जीवनदान’ भन्ने नारासहित गरिएको र्यालीमा डा. गोविन्द केसी पनि आएका थिए । माइतीघरबाट शुरु भएको र्याली नयाँ बानेश्वरसम्म पुगेको छ । बानेश्वर पुगेर र्याली कोण सभामा परिणत भएको छ ।
डाक्टर गोविन्द केसीले लोकमानलाई महाअभियोग लगाउन माग गर्दै पटक पटक अनसन बसेका थिए ।
Facebook Comments Box