झापा ।
१५७ सांसदले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन्। प्रस्ताव दर्ता गराउने सांसदहरु एमाले र माओवादीका हुन्।
प्रस्तावमा एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपालले पनि हस्ताक्षर गरेका छन्। माओवादीबाट ऊर्जामन्त्री जनार्दन शर्मासहित ४० जना सांसदले हस्ताक्षर गरेका छन्।
एमाले–माओवादीका नेताहरुले महाअभियोगबारे कांग्रेससँग पनि प्रारम्भिक छलफल गरेका छन्। कांग्रेसका कतिपय सांसदले पनि प्रस्तावमा सहमती जनाउने बताइएकाे छ।
Facebook Comments Box