धाईजन । नेपालीहरुको मुख्य पर्व बडा दशैको महाअष्टमीका दिन नेकपा माओबादी केन्द्र धाईजन गाँउ कमिटिले बृद्ध बृद्धालाई सम्मान र लत्ता कपडा उपलब्ध गराएको छ ।
दशैंको बेला बिपन्न बर्गका मानिस र बृद्धबृद्धाहरुमा पनि खुसी छाओस भन्ने उद्धेश्यले यो कार्यक्रम आयोजना गरिएको नेकपा माओबादी केन्द्र धाईजनका सदस्य शभ्भु राजबंशीले जानकारी दिए ।
भानु प्राथमिक बिद्यालय, धाईजनमा सम्पन्न सम्मान कार्यक्रममा ६० भन्दा बढी बृद्धबृद्धा र अशक्त अपाङ्गहरुलाई सम्मान गरिएको वाईसिएल झापाका सह सचिब मिलनराज प्रसाईले बताए । सम्मानका क्रममा माओबादी केन्द्रले महिलाहरुलाई प्रत्येकलाई एउटा साडी, चोलो र दुईसय नगद रकम बितरण गरेको थियो भने पुरुषहरुलाई प्रत्येकलाई पेन्ट र सर्टकोे कपडा तथा दुईसय नगद रकम उपलब्ध गराईएको थियो ।
माओबादी केन्द्र धाईजनका अगुवा परिमल ग्वालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि केन्द्रका झापा सदस्य नरेन्द्र मेचे गछाम, वाईसियल झापाका सहसचिब मिलनराज प्रसाई, रेडियो सरगमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौला, क्षेत्रिय ईन्चार्ज सुमन शर्मा, मित्र पाठक, तिर्थ आचार्य, लिलन प्रसाई लगायतले दशैंमा यसखाले परोपकारी कार्यले यो महान पर्वमा सबैले शुसी हुन पाउने अवस्था बनाएको बताएका थिए । नेकपा माओबादी केन्द्र धाईजन गाउँ कमिटी र वर्डा नं. ७,८ र ९ को संयुक्त आयोजनामा सम्पन्न सम्मान कार्यक्रमको स्वागत कृष्ण पौड्ेल र सञ्चालन शभ्भु राजबंशीले गरेका थिए ।