दमक । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आउँदो स्थानीय, प्रादेशीक तथा केन्द्रिय निर्वाचनमा कांग्रेस एक नम्बर पार्टी हुने दाबी गरेका छन्।
नेपाली कांग्रेस दमक नगर समितिले बुधबार झापाको दमकमा गरेको बडा दशैँ तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले चैत भित्रमा स्थानीय तहको र अर्को वर्ष केन्द्रको निर्वाचन हुने भन्दै निर्वाचनमा कांग्रेस एक नम्बर पार्टी हुने दाबी गरे।
अहिलेसम्मको राजनीतिक इतिहासमा सबै दलको नेतृत्व कांग्रेसले गरेकाले जनताले कांग्रेसलाई नै पुनः सरकारमा पुर्याउने बताए। कार्यक्रममा बोल्दै उनले निर्वाचनकालागि कार्यकर्तालाई गाँउ-गाँउमा जान निर्देशन समेत दिए ।
निर्वाचन संबन्धि विद्ययक संसदमा पेश भएको र दशैँ लगतै यसको टुंगो लाग्ने भएकाले चैत्रमा निर्वाचन नहुने भन्नेमा शंकै नगर्न कार्यकर्तालाई आग्रह गरे।
Facebook Comments Box