काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छि मन्त्री घनश्याम भुसालले पदभार ग्रहण गरेका छन्।
राष्ट्रपतिको कार्यालय शित्तल निवासमा पद तथा गोपनीयतको सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर भुसालले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि बोल्दै नवनियुक्त मन्त्री भुसालले ‘लोभ र डरले प्रभावित नभइ काम गर्ने बताए । उनले भने, ‘ सिक्ने कुरा धेरै छन्, डर लाेभबाट प्रभावित नभइ सिक्छु र काम गर्छु।”
साे अवसरमा निवर्तमान कृषिमन्त्री चक्रपाणि खनाल मन्त्रालयमै पुगेर भुसाललाई बधाइ दिएका थिए ।
खनालबाट सिक्ने धेरै कुरा रहेकाे भन्दै भुसालले खनालका कामको अनुशरण गर्दै अघि बढ्ने बताए ।
Facebook Comments Box