काठमाडौं। कात्तिक २२ गतेबाट प्रदर्शन गर्न लागिएको चलचित्र ‘घामट शेरे’ गलत प्रथा विरुद्धको चलचित्र भन्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चलचित्र सफलताको शुभकामना दिएका छन्।
उक्त चलचित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति लक्षित भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहेका बेला कांग्रेस प्रवक्ता शर्माको पछिल्लो धारणा आएको हो।
उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘फिल्म `घामट शेरे´ का सम्बन्धमा ! गलत `सिस्टम´ का विरुद्ध लड्ने पात्रको कथा रहेकोे फिल्म भोलि २२ कार्तिकबाट प्रदर्शन हुन लाग्दैछ । असम्बन्धित ब्यक्तिले पोस्ट गरेको तस्वीरलाई लिएर फिल्म या फिल्म युनिटसंग कोही पनि उत्तेजित हुन जरुरी छैन । निर्देशक,कलाकार र सिंगो टिमलाई शुभकामना !’

Facebook Comments Box