इलाम । छोटो विदामा पनि घुम्न सकिने गन्तव्यमा लोकप्रियमध्ये पर्छ, इलाम । चियाका लागि प्रख्यात पूर्वी जिल्ला इलाममा श्रीअन्तु डाँडाको भिन्न महत्व छ । सूर्योदय हुँदै गरेको दृश्यावलोनका लागि यो ठाउँ चर्चित छ ।
वरिपरि चियाबारी, सल्लाका रुखको बीचमा रहेको डाँडामा पुग्दा पर्यटकले स्वर्गीय आनन्द लिन पाउँछन् । बाह्रै महिना जान गएर रम्न सकिने भएकाले पनि यो ठाउँ सबैको राजाइमा पर्छ । अनुकुल मौसममा कञ्चनजंघा जस्ता हिमश्रृंखलाको दृश्यको मजा पनि लिन सकिन्छ ।
यहाँ परिवारका सदस्यदेखि लिएर युवायुवतीसम्म घुम्न आउने गर्छन् । नेपाली मात्र नभएर भारतको पश्चिम बंगाल, भुटान लगायतबाट पनि पर्यटकको घुइँचो लाने गरेको छ ।
इलामको सूर्योदय नगरपालिका, फिक्कलबाट १४ किलोमिटर पूर्वमा रहेको श्रीअन्तुमा पर्यटकका सुविधाका लागि पर्याप्त होटल र होमस्टेहरु रहेको स्थानीय बताउँछन् । तर, चाडपर्व, शनिबार लगायत चाप हुने समयमा पर्यटकलाई वासबस्न गाह्रो हुने गरेको गुनासो सुनिने गरेको छ ।
प्रस्तुत छ, श्रीअन्तु पुगेर शुभेच्छा घिमिरेले बनाएको यात्रा संस्मरण भ्लगमाः–
