काठमाडौं । कृषि तथा पशुपन्क्षी मन्त्री चक्रपााणी खनालले विगत तीन दशकमा कृषिको विकास हुन नसकेको स्वीकार गरेका छन् ।
उनले अहिले भन्दा पञ्चायतमा कृषि उत्पादन राम्रो भएको जिकीर गरे । कृषिका लागि छिट्टै विषादी चेँकजाँच ऐन ल्याउन लागेको बताउँदै ऐन आएसँगै तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने मन्त्री खनालले बताए ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालद्वारा आयोजना गरिएको यशियन कृषि सम्मेलन तथा प्रदशनीको उद्घाटन गर्दै मन्त्री खनालले मुलुकको कृषि क्षेत्रको विकासका लागि अर्गानिक र आधुनिक परियोजनाहरु ल्याइएको भन्दै अबको १० बर्षमा नेपालको कृषिले फड्को मार्ने दावी गरे ।
मन्त्री खनालले उत्पादन क्षेत्रमा काम गर्न सक्ने ४० लाख जनशक्ति मुलुकबाहिर रहेको भन्दै यूवाहरुलाई नेपालमै फर्काएर काम दिन सक्नुपर्ने बताए । २१ देखि ३५ बर्षका यूवाहरुलाई स्वदेशमै खपत गर्न सक्ने तागत मुलुकले नबनाएसम्म कृषि क्षेत्र सुर्धान नसकिने उनले बताए ।
मन्त्री खनालले नेपालको कृषि क्षेत्रको बर्तमान अवस्था हेर्दा पञ्चांयत कालिनभन्दा पनि खतम भएको भन्दै विज्ञहरुले गरेको अनुसन्धान किसानसम्म पुर्याउन सकेमात्र कृषि क्षेत्र सुधार हुने दावी गरे । जति अनुसन्धानहरु अंग्रेजी भाषामा भएकाले खेती किसानी गर्ने किसानले बुझ्ने भाषामा अनुसन्धानका ज्ञानहरु पुर्याउन नसक्दा धेरै समस्या आएको उनले बताए।