कृषि तथा पशुपन्छी विकासमन्त्रीमन्त्री चक्रपाणी खनालले स्वदेशी तथा विदेशबाट फर्केका १ हजार युवालाई कृषिमा आकर्षित गर्न विशेष कार्यक्रमको अवधारणा ल्याइएको बताएका छन् ।
विनियोजन विधेयकअन्तर्गत कृषि मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले कार्यक्रम संचालनका लागि आवश्यक कार्यविधि तयार भइरहको पनि बताए ।
प्रधानमन्धी कृषि आधुनिकीकरण परियोजना प्रभावकारी बनाउन परियोजनाको सांगठनिक संरचनामा सुधार गर्न मन्त्रिपरिषदमा प्रस्ताव दर्ता गराइसकेकाे पनि मन्त्री खनालले बताए ।
रासायनिक मलको अभावका कारण किसानले भोग्नु परेको समस्या समाधान गर्न सरकार लागिपरेकाे बताए ।
आगामी आर्थिक वर्षमा मलको अभाव हुन नदिन लागत सहभागिताका आधारमा कृषकलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउन ९ अर्ब बजेट छुट्याइएको बताए । मल अभाव अन्त्यका लागि प्राङ्गारिक मिसन शुरु गरेको उनले बताए ।