धनुषा । प्रदेश २ को सरकारले आर्थिक वर्ष ७६/७७को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नयाँ कार्यक्रममा प्रदेश सरकारले कृषिलाई विशेष प्राथमिकता दिएको छ ।
नीति तथा कार्यक्रममा जनतासंग मुख्य मन्त्री, एक जिल्ला एक प्रादेशिक नमूना परियोजना, प्रदेश प्रशाशनिक पूर्ण संरचना आयोग, बजेट बाँट फांटको नीति अनुरूप एक निर्वाचन क्षेत्र एक योजना लगायतका कार्यक्रम समेटिएको छ ।
यता, सरकारले ल्याएको नीति तथा कार्यक्रम वारे प्रमुख प्रतिपक्षी दल नेकपा र प्रतिपक्षी दल कांग्रेसले मिश्रित प्रतिक्रिया दिएको छ ।
Facebook Comments Box