विर्तामोड । झापा विर्तामोडको महानन्द चोक नजिक पशुको स्वास्थ्य परीक्षणका लागि पशु प्रयोगशालाले पशु स्वास्थ्य परीक्षणको सेवा दिइरहेको छ।
लामो समय पशु स्वास्थ्य क्षेत्रमा काम गरेर दक्ष पशु चिकित्सक तथा प्राविधिकहरुको टोलीले उक्त प्रयोगशाला एक बर्ष अघि स्थापना गरेका थिए।

पाँच बर्ष अघि उनीहरुको सहकारी संस्था स्थापना भए पनि एक बर्ष अघिदेखि प्रयोगशालाले सेवा दिइरहेको पशु स्वास्थ्यकर्मी तथा उक्त सहकारीका सचिव तुलसी खनालले जानकारी दिए।
खनालले भने, ‘यो प्रयोगशालाले पशुका रोग निदान गर्नका लागि रिपोर्ट निकाली औषधिको सिफारिस गर्नेछ।’
प्रयोगशालामा लामो समय पशु चिकित्सकको रुपमा काम गरेका डा. दिलीप सापकोटाको आवद्धता छ। उनी उक्त सहकारी संस्थाका अध्यक्षसमेत हुन्।

झापा जिल्लामा स्थापित भएको हाम्रो भेटेरिनरी सेवा सहकारी संस्था भेटेरिनरी प्रयोगशाला एउटा गहनाको रुपमा लिन सचिव खनालले आग्रह गरेका छन्।
उक्त प्रयोगशालामा दुधजन्य पदार्थ, रगत तथा पिसाब, भिडियो एक्सरे मेसिनबाट गर्भ परीक्षण गरिने गरिएको छ।
उक्त प्रयोगशालाको उपयोग गर्न पशु प्राविधिक तथा किसानलाई सचिव खनालले आग्रह गरेका छन्।
