विर्तामोड । झापाको हल्दीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्देनले आफूलाई बलात्कारको घटनासंग जोडेर दुईवटा संञ्चार माध्यमले आफ्नो चरित्र हत्या गर्ने आशयले भ्रामक समाचार सम्प्रेषण गरेको बताएका छन्।
लिङ्देनले सोमबार प्रेश विज्ञप्ती जारी गर्दै हल्दीबारी वडा नम्बर २ मा १४ बर्षीय बालिका माथी भएको बलत्कारको घटनामा मुद्धा मिलाउछु भन्दै ७ लाख लिएर गाउँपालिका प्रमुख फरार शिर्षकमा ती सञ्चार माध्यमले समाचार प्रकाशन गरेको भन्दै आफ्नो गम्भीर ध्यानकर्षण भएको उल्लेख गरेका छन् ।व्यक्तिगत तथा संस्थागत चरित्र हत्या गर्ने अभिप्रायले मिडिया मार्फत कपोकल्पित,भ्रामक तथा तथ्यहिन समाचार प्रकाशन गरिएको अध्यक्ष लिङ्देनको भनाई छ ।
लिङ्देनले जारी गरेको प्रेस विज्ञप्तिमा भ्रामक समाचार लेखेर चरीत्र हत्या गर्ने सञ्चारमाध्यमलाई कानून बमोजिम हदै सम्मको कानूनी कारर्वाहीको माग समेत गरिएको छ । जनता समाचार डट कम र दर्पण टिभी डट कमले उनलाई फसाउने किसिमले समाचार प्रकाशन गरेको भन्दै कार्वाहीको माग गरेका छन्।