काठमाण्डाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश कार्यसमितिले पद तथा गाेपनियताकाे शपथ लिएका छन् । राप्रपा अध्यक्ष कमल थापाले उनीहरूलाई शपथ खुवाएका हुन् ।
पार्टीको विधानबमोजिम अध्यक्ष थापाले साउन ४ गते सदस्यहरु मनाेनयन गरि प्रदेश कार्यसमितिलाई पूर्णता दिएका थिए ।
मनाेनित कार्यसमितस सदस्यहरुलाई शपद ग्रहण गराउँदै अध्यक्ष थापाले पार्टीकाे लक्ष्य हासिल गर्न जनताको घरदैलोमा पुग्न र पार्टीलाई देशको अग्रणी शक्ति बनाउन क्रियाशील भएर लाग्न निर्देशन दिएकाे पार्टीका प्रचार विभाग प्रमुख माेहन श्रेष्ठले बताए ।
अध्यक्ष थापाले अाजै गण्डकी प्रदेशको कार्यालयको पोखरामा समुदघाटनसमेत पनि गरेका छन् । राप्रपाले प्रदेश नं १ र प्रदेश नं ७ मा यसअघिनै प्रदेश कार्यलय स्थापना गरिसकेकाे छ ।
यसैबीच राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापना राष्ट्रिय जनजागरण अभियान अन्तर्गत पोखरामा विशाल कार्यक्रमकाे पनि अायाेजना गरेकाे छ ।