विर्तामोड । झापाका चिया बगानहरुमा मेसिनले चिया पत्ती टिप्न शरु भएपछि मजदुर नपाउने अवस्थाबाट धेरै राहत मिलेको चिया उद्योगी तथा मजदुरहरुले बताएका छन्।
छिमेकी मुलुकहरु भारत तथा श्रीलंकामा धेरै अगाडिदेखि मेसिनबाट चिया पत्ती टिप्ने गरिए पनि नेपालमा भने मेसिन ल्याउन थालिएको करिब दुई बर्ष मात्र भएको टोक्ला चिया बगानका म्यानेजर राजु सिन्हाले बताए।
अहिले उक्त वगानमा ४० वटा मेसिनले चिया पत्ती टिप्ने काम भइरहेको सिन्हाले बताए। मान्छेले भन्दा मेसिनले चार गुणा बढी काम गर्ने चिया उद्योगीहरुको भनाइ छ।
चिया उद्योगी कुमार गिरीका अनुसार अहिलेको अवस्थामा चिया उद्योगलाई बचाउनका लागि उक्त मेसिन बरदान सावित भएको छ।
अहिले नेपाल विकास निगम लिमिटेडका बगान, निजी तथा साना किसानका बगानमा त्यस्तै मेसिनबाट चिया टिप्ने गरिएको छ।
हेर्नुहोस् भिडियोः
Facebook Comments Box