धुलाबारी । मेचीनगर–९ का किसान डिल्लीराज उप्रेतीले उनको हाइटेक नर्सरीमा पहिलो सिजनमा डेढ क्विन्टल रायोको साग उत्पादन गरेका छन्।
सरकारी सहयोगमा डेढ महिना अघि सञ्चालनमा आएको हाईटेक नर्सरी भित्र पहिलो उत्पादनका रुपमा हेर्दै लोभलाग्दो रायोको साग उत्पादन भएको हो। उनले उक्त साग एक सय रुपैयाँ प्रति केजीले विक्री गरेका छन्।

एक कठ्ठा जमिनमा रहेको हाईटेक नर्सरी भित्र उत्पादन भएको रायोको पात बाहिरको तुलनामा निक्कै ठुलो भएको किसान उप्रेतीले बताए। नर्सरी भित्र एकै प्रकारको तापक्रम हुने र लगाएको मलबाट बिरुवाले पाउने खाद्यतत्व समेत पूर्ण रुपमा उपयोग हुने भएकाले पनि उत्पादन राम्रो हुने उप्रेती बताउँछन्।
साग उत्पादन भएको थाहा पाएपछि गाउँ घर र वरपरका मानिसहरु साग किन्न घरमै आउने भएकाले बिक्रीका लागि बजारसम्म पुर्याउनु नपरेको कृषक उप्रेतीले बताए।
Facebook Comments Box