कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ८ मा पर्ने यस क्षेत्रकै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र मणिका धाममा रहेको तालका माछा पानी सुक्दा छटपटाउन थालेका छन् ।
बढ्दो गर्मीसँगै तालमा पानीको सतह घट्दै जान थालेपछि संरक्षण गरिएका माछा मर्ने सम्भावना बढेको हो । थोरै पानीमा धेरै माछा रहेकाले आवश्यक आहार र प्रर्याप्त विहार गर्ने ठाउँ नहुँदा माछाको अस्तित्व खतरामा परेको मणिका धाममा बस्दै आएका साधु आनन्द गिरीले बताउनुभयो ।
वर्षातका बेला उत्तरतर्फको पहाडबाट आउने भेलले ताललाई पुर्दै आएकामा बचाउनका लागि चासो नदिँदा यस्तो अवस्था आएको यहाँका बासिन्दा बताउँछन् । ताल प्रतिवर्ष दुई मिटर बढीका हिसाबले पुरिँदै जान थालेको छ ।
Facebook Comments Box